Ads

Sunday, April 2, 2017

पश्चिमाञ्चल स्तरीय शारीरिक सुगठनको उपाधि तारालाई

Posted By: Samsung - 2:52 AM

२० चैत, बुटवल । पश्चिमाञ्चल स्तरीय शारीरिक शुगठन प्रतियोगिता बुटवल श्री को उपाधि तारा थापाले जितेका छन् ।

निबोध जिम एण्ड एरेविक बुटवल श्री को उपाधि सहित थापाले ३० हजार नगद पुरस्कार पाए ।
५० जना प्रतिस्पर्धीलाई पछि पार्दै ७५ केजी तौल समूहमा थापा पहिलो बने । यस समूहमा सुमन श्रेष्ठ र सुभाषमान श्रेष्ठ क्रमसः दोस्रो र तेस्रो भए । थापाले यसअघि पाचाैं संस्करणको बुटवल श्री को उपाधि पनि जितेका थिए ।
प्रतियोगितामा ५५ केजी तौल समूहमा सुरेन्द्रप्रसाद बर्मा प्रथम,रनु थापा दोश्रो र कृष्ण रणपाल तेश्रो भए । ६० केजी तौल समूहमा सुनिल आले प्रथम, नमन शेरचन दोश्रो र उदबीर बुढाथोकी तेश्रो भए । ६५ केजी तौल समूहमा मोतिलाल चेधरी प्रथम, सुनिल लिगल दोश्रो हसन गुरुङ तेश्रो भए ।
त्यस्तै ७० केजी तौल समूहमा बिजेन्द्रमान श्रेष्ठ प्रथम, नसान राना मगर दोश्रो र सुजन श्रेष्ठ तेश्रो भए ।
७५ केजी माथीको तौल समूहमा अनिस थापा प्रथम सुनिल पोखरेल दोश्रो र करण चैधरी तेश्रो भए ।
बिजयी खेलाडीहरुलाई इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी मुकुन्द मरासिनी, बुटवल उपमहानगरपालिका निमित्त बरिष्ठ अधिकृत शिवनारायण शाह, कार्यक्रम सयोजक सितु प्रसाद श्रेष्ठ तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष शिवध्वज राईले पुरस्कार बितरण गरेका थिए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy