Ads

Sunday, April 2, 2017

विप्लवको प्रशिक्षणमा सीआइडी भेटिएपछि तनाव, ३ जना कब्जामा

Posted By: Samsung - 2:33 AM


चैत १८, २०७३ ललितपुर : पार्टीको प्रशिक्षणमा घुसपैठ गर्ने ३ जनालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका छन्। ललितपुरको जावलाखेलस्थित लभ्ली ब्याङ्क्वेटमा प्रशिक्षण चलिरहँदा ४ जना अपरिचित व्यक्ति घुसेको भेटिएको थियो।

त्यसमध्ये ३ जनालाई विप्लवका कार्यकर्ताले निर्घात कुटपिट गरेर कब्जामा लिएको स्रोतले जानकारी दियो। बाँकी एक जना भने भाग्न सफल भएका छन्। घटना शुक्रबार अपराह्न करिब ४ बजेको हो। कब्जामा लिइएका तीनै जनाको साथबाट राष्ट्रिय अनुसन्धान विभाग (सीआइडी) को परिचय पत्र भेटिएको स्रोतले बतायो। यद्यपी प्रहरीले यसको पुष्टि गरेको छैन। समातिएका ३ जनालाई आक्रोशित कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए। उनीहरु घाइते भएका छन्।

तीनै जनालाई सामान्य प्राथमिक उपचार गरेर नियन्त्रणमै राखिएको छ। उनीहरुसँग रहेको मोबाइलसहित सञ्चारका साधन र परिचय पत्रसमेत विप्लवका कार्यकर्ताले कब्जामा लिएका छन्। घटनाको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले पनि पुष्टि गरे। 'हो हामीले ३ जनालाई नियन्त्रणमा लिएका छौँ। सीआइडीका रहेछन्, बाँधेर राखेका छौँ,' उनले भने। विश्वकर्माका अनुसार उपत्यकाका तीनवटै जिल्लाका कार्यकर्ताका लागि प्रशिक्षण आयोजना गरिएको हो। स्रोतका अनुसार प्रशिक्षणमा चुनाव भाँड्ने तथा भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा छलफल चलिरहेको थियो। साँझ सम्पन्न एक दिने प्रशिक्षणमा विप्लवसहित पार्टी शीर्ष नेताहरु सहभागी थिए।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy