चैत २०, २०७३
काठमाडौं : आइतबार बिहान ९ बजे जमल पुग्दा नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दलबलसहित जमल पुगेका थिए। विभिन्न साना ६२ दलहरुको नेतृत्व गरेर उनी लगायत नेताहरु निर्वाचन कार्यालय घेर्न पुगिसकेका थिए। माग थियो- नयाँ दललाई दलीय चुनाव चिन्हबाट वञ्चित गर्ने गरी जारी भएको स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने।
जसका लागि नयाँ शक्ति नेपालले आइतबार देशभरीका सबै निर्वाचन आयोग र निर्वाचन कार्यालयहरुमा धर्ना दिने कार्यक्रम राखेको थियो। गत बिहीबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर ऐन संशोधनका लागि ४८ घण्टाको समयसीमा दिएको नयाँ शक्ति माग पुरा नभएपछि सडक प्रदर्शनमा उत्रिएको थियो।
त्यसपछि सीपी गजुरेल भट्टराईका आलोचकका रुपमा प्रस्तुत हुदै आएका थिए। तर, आइतबार भने संसदीय प्रकृयाकै लागि बाबुराम भट्टराई र सीपी गजुरेल एकअर्काको हात जोडेर नारा लगाउदै निर्वाचन आयोग घेर्न पुगेका थिए। उनीहरुका साथमा थिए नयाँ शक्ति नेतृ हिसिला यमी, सांसद गंगा चौधरी, नेताहरु रामकुमार शर्मा, परशुराम तामाङ, कम्युनिष्ट नेता साध्यबहादुर भण्डारी, माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, वसन्त वोगटी।
हिसिलाले तोडिन् निशेधित क्षेत्र
जमलबाट निर्वाचन आयोगको कार्यालयतिर जाने बाटोमा अगाडि बढेको बाबुराम भट्टराईसहितको टोलीलाई ज्योति भवन पुग्नै लाग्दा प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको थियो। अगाडि प्रहरीको हुल र पछाडिबाट नाराबाजी गर्दै गरेका कार्यकार्ताले गर्दा प्रहरी र प्रदर्शनकारीबीच ठेलाठेल भयो। बीच सडकमा काँडेतार लगाएर प्रदर्शनकारीलाई अगाडि बढ्न दिइएको थिएन। अब के गर्ने भनेर प्रदर्शनकारीबीच अलमल थियो। उनीहरु निषेधित क्षेत्र तोड्ने कि नजिकै गएर नाराबाजी मात्रै गर्ने भन्नेमा अन्योलमा थिए।
नयाँ शक्ति नेतृ हिसिला यमीले प्रहरीले लगाएको काँडेतार धकेल्न थालिन्। उनले काँडेतारलाई धकेल्न थालेपछि प्रदर्शनकारी पनि हौँसिए। उनीहरु प्रहरीलाई धकेल्न थाले। प्रदर्शनकारीसँगको २० मिनेटको घम्साघम्सीपछि प्रहरी पछाडि हट्यो र काँडेतार पनि हटायो।
बाबुराम लागायत नेता पक्राउ
मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीले प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै विरोध गरेको छ। उसले आन्दोलनकारी दलको माग पूरा गर्न सरकारसँग माग गरेको छ। साथै पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ।


0 comments:
Post a Comment