अपडेटः डोटी, चैत २० । डोटीको दिपालयबजारस्थित एक पेट्रोलपम्पबाट सल्किएको आगो नियन्त्रणमा आएको छ ।
जेबी आयल स्टोरमा आइतबार दिउँसो पौने २ बजेबाट सल्किएको आगो एक घन्टापछि नै नियन्त्रणमा आएको हो । आयल स्टोरमा लागेको आगो नजिकका घरहरुमासमेत फैलिएको थियो ।
आगोलागी नजिकैका घरमा सक्लिँदा ग्यास सिलिन्डर पड्कन थालेपछि सर्वसाधारणमा भागभाग भएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, स्थानीय र जिल्लामा रहेको एउटा दमकलले आगो नियन्त्रणमा लिएका हुन् ।
आगोलागी नियन्त्रणका लागि डडेल्धुराबाटसमेत एउटा दमकल मगाइएको थियो ।
आगोलागीमा परी पेट्रोल भर्न गएको एउटा ट्यांकरसमेत जलेर ध्वस्त भएको छ । आगोलागीका कारण राष्ट्रिय वाणिज्य बैंकसहित टिनले छाएका केही पसलमासमेत क्षति पुगेको छ ।
आगोलागीको कारण खुल्न सकेको छैन ।


0 comments:
Post a Comment