तनहुँको भिमाद स्थित नारायण मेडिकल हलका सञ्चालक तथा अहेव नारायण लम्सालले आफ्नै सेवाग्राही(विरामी)लाई बलात्कारको प्रयास गरेका छन् ।
गत सोमबार पाठेघरको समस्याको उपचार गर्न भिमादमा रहेको मेडिकल हलमा आएकी २० वर्षिय युवतीलाई बेड खाली नभएको भन्दै उपचारको लागी मेडिकल नजिकै रहेको मुक्तिनाथ होटल एण्ड लजको कोठामा लगेर बलात्कारको प्रयास गरेको पिडित युवतीले बताएकी छन् ।
३ पटक सम्म सोही मेडिकल हलमा उक्त समस्याको उपचार गर्न पुगेकी युवतीलाई चौथो पटक थप उपचारको लागी भिमाद बोलाएर होटलमा लगी अनैतिक ब्यवहार गर्न थाले पछि युवतीले प्रतिकार गरेकी थिइन् ।
समाजमा प्रतिष्ठा बोकेर पनि घृणित ब्यबहार गर्ने डाक्टरका विरुद्ध पिडित परिवारले इलाका प्रहरी कार्यालय भिमादमा जानकारी गराएपछि घटना बाहिर आएको हो ।
घटनाको बारेमा जानकारी पाए सँगै मेडिकल सञ्चालक लम्साललाई पक्राउ गर्न प्रहरी पुगे पनि उनी भने फरार रहेको प्रहरीले बताएको छ । यता लम्सालको खोजीकार्यलाई तिव्र बनाएको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले बताए ।
यसै विच घटनाको समाचार संकलन गर्नको लागी पुगेका तनहुँ खवर राष्ट्रिय दैनिकका पत्रकार अशोक विश्वकर्मालाई इलाका प्रहरी कार्यालय बेलचौतारामा सिपाही पदमा कार्यरत रेशम थापाले अवरोध पु¥र्याएर दुब्र्यबहार गरेका थिए ।
यता बलात्कार प्रयास गर्ने अहेव लम्साललाई कडा भन्दा कडा कारबाही हुनु पर्ने र जति सक्दो छिटो सार्वजनिक गर्न दवाव दिदै स्थानियहरुले आरोपितले सञ्चालनमा ल्याएको मेडिकल हलमा धर्ना दिएका छन् ।
भीमादमा विभिन्न संघ संस्थामा समेत आबद्ध भएर समाज सेविको परिचय बनाएका लम्साल आगामी बैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा भीमाद नगरपालिका–६को वडाअध्यक्षको लागी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिने तयारीमा लागेका थिए ।
यसरी भएको घटना
३ पटक सम्म भिडियो एक्स–रे गरेर पाठेघरको जाँच गराएकी पिडित युवतीलाई पाठेघरमा जटिल समस्या रहेको छ राम्रै सँग उपचार गर्नु पर्छ भन्दै अहेव लम्सालले सोमबार कसैलाई पनि लिएर नआउनु भन्दै पटक पटक फोन गरेका थिए ।
सोमबार साथी लिएर घर बाट गए पनि लम्साल समक्ष एक्लै पुगेकी युवतीलाई बिच बाटोमा नै लम्सालले कुरेर बसेको र मेडिकल हलमा ठाउँ छैन गोप्य स्थानमा उपचार गर्नु पर्ने भएकाले अन्तै जानु पर्ने भन्दै होटलको कोठामा पु¥याएका थिए ।
होटलमा पु¥याएर कपडा खोल्न आग्रह गर्दै पिडितको स्तनमा समेत समस्या भएको भन्दै अस्वभाविक ब्यवहार लम्सालले गरेको थिए । त्यस्तै पश्चात अहेब लम्सालले आफ्नो समेत कपडा खोलेर बलात्कारको प्रयास गरेपछि पिडित युवतीले प्रतिकार गरेकी थिइन ।
युवतीको प्रतिकार पछि लम्सालले ‘आज कस्तो केटीको फेला परेछु बचाऊँ प्रभु‘ भन्दै रुन थालेको र पिडित युवतीलाई जिवन भरि पुग्ने सम्पती दिन्छु घटना बाहिर नल्याईदिनु भन्दै लम्सालले माफी समेत मागेका थिए ।
तर पिडित युवतीले लम्सालको हर्कत विरुद्ध जाहेरी दिने डरले उनी सोही दिन फरार भएका हुन् । अहिले लम्सालले मोवाइल समेत स्विच अफ गरेर सम्पर्क विहिन भएका छन् । तर प्रहरीले भने उनको खोजीलाई तिव्र बनाएको छ ।


0 comments:
Post a Comment