Ads

Saturday, April 8, 2017

४२ हजार फिटमा विमान उडिरहेकै बेला बच्चा जन्मियो

Posted By: Samsung - 9:43 PM

टर्किस एयरलाइन्सको एक उडानको क्याबिन क्रूले त्यसबेला एक नयाँ यात्रीलाई विमानमा स्वागत गरे, जब उनीहरु ४२ हजार फिटको उचाईमा उडिरहेका थिए ।
विमान गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै इस्तानबुलका लागि उडेको थियो ।

विमानका यात्रुहरुमा एक गर्भवती महिला पनि थिइन् । विमान उड्ने क्रममा नै महिललाई प्रसव पीडा सुरु भएको थियो र क्याबिन क्रू र केही यात्रु उनको मद्दतमा जुटे । महिलाले विमानमा नै बच्चालाई जन्म दिएकी छन् ।
बोइङ ७३७ विमान जब बुर्किना फासोको राजधानी वागाडुग पुग्यो, आमा र बच्चा दुबैलाई अस्पताल लगियो र, आमा र बच्चा दुबै स्वस्थ्य छन् ।
बच्चाको नाम काडिजू राखिएको छ ।
टर्किस एयरलाइन्सले भनेको छ, ‘क्याबिन क्रूले देख्यो कि नाफी डीबी नाम गरेकी एक महिला यात्री, २८ हप्ता बढीकी गर्भवती छन् । उनलाई प्रसव पीडा सुरु भयो । यो देखेर उनलाई उनीहरु तत्काल सहयोग गरे ।’
अधिकांश एयरलाइन्सले ३६ हप्ताको गर्भ अघिसम्म गर्भवति महिलालाई यात्रा अनुमति दिन्छन् । यसका लागि २८ हप्ताभन्दा बढीका गर्भवती भएको डाक्टरको पत्र चाहिन्छ, जसमा बच्चाको जन्मको सम्भावित मिति हुन्छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy