Ads

Thursday, April 13, 2017

आँबुखैरेनीमा एमालेको अध्यक्षको उम्मेदवारमा के.सी को आकांक्षा

Posted By: Samsung - 4:34 AM

चैत्र ३१, तनहुँ । आँबुखैरेनी गाउँपालिकामा एमालेको अध्यक्ष उम्मेदवारको खोजी हुदा हुदा अब लामो समय पर्खाइ गर्न नपर्ने भएको छ । यी हुन २५ बर्ष अगाडि देखि ने.क.पा. एमालेमा संगठित सदस्य रहि आफ्नो जागिरको ३६ बर्षको अनुभवी जिवन बिताउने क्रममा एमाले समर्थित निजमति कर्मचारी संगठनको बिभिन्न पदमा रहि काम गर्दै आउनु भएको आँबुखैरेनी ६ निबासी समाज सेबी सन्त बहादुर के.सी. । 

चुनाब हार्नलाई होइन जित्न लाई हो भन्ने प्रष्ट बुझिसकेको   अध्यक्षको उम्मेदवारको प्रत्यासी रहेको उपेन्द्र देबकोटा, ऋषी के.सी., पुर्ण बहादुर थापा, कोपीलाल गुरुङ्ग लगाएतले आफु भन्दा उमेरमा पाको र स्थानिय निकायको अनुभवी र फुर्सदिलो उम्मेदवार पाएपछि अत्यन्त खुशिको साथ अध्यक्षको दाबि छोड्न सक्ने संभावना रहेको छ   । आंबुखैरेनीबाटै  गा.बि.स सचिब देखि स्थायी जागिर शुरु गर्नु भएको के.सी. बिगत तीन बर्ष देखि अधिकृत पदको पेन्सन रहने गरी आफ्नो रिटार्यड जिवन सामाजिक क्षेत्रमा रहेर बिताउदै आउनु भएको छ । 

स्वादेशको सेवा गरेर स्वादेशकै पेन्सन खाने र जागिरे जिवनकाल भरी भ्रष्टचार रहित काम गर्दै आउनु भएको के.सी. आंबुखैरेनी गा.बि.स. र छिम्केश्वरी गा. बि.स.मा सचिब पदमा बसेर लामो समय स्थानिय निकायको अनुभव लिनुको साथै जनतासंग प्रत्यक्ष भिजेर काम गरी सक्नु भएको छ । स्थानिय जनताको मर्मलाई अत्यन्त नजिक बाट औल्यान सक्ने खुबि भएको के.सी. अहिले पनि बिधालय ब्याबस्थापन सदस्य, खानेपानी सस्थाको सल्लाहाकार, सामुदायीक प्रहरीको उपाध्यक्ष, टोल सुधार समिति खत्रि गाउ अध्यक्ष, सगुन सहकारीको संचालक सदस्य रहनु भएको छ । आफ्नो ३६ बर्षको लामो जागिरे जिवनमा कहि कतै पनि आर्थिक कारोबारमा कलङ्क नलागेको, सादागि जिवन बिताउने, पारदर्शि र स्पष्ट बक्ताको रुपमा चिनिन्छन ।

हाल सम्म चुनावमा भाग लिने कि नलिने भन्ने दोधारमा रहेको के.सी.ले पछिल्लो समय जनता र शुभचिन्तक हरुको चर्को दवाव थेग्न नसकेर आफुलाई उम्मेदवारमा उभ्याउने निर्णय गरेको छन् । सन्त बहादुर के.सी. उठ्ने हल्ला संगै कांग्रेसमा हल्ली खल्ली मच्चिएको छ । एमाले, कांग्रेस र माओबादीको सामान्य कार्यकर्ताहरु समेत सन्त बहादुर के.सी.को उम्मेदवारी दिने घोषणाले स्थानिय निकायमा बिकास प्रेमी र अनुभवी अध्यक्ष पाउने आशले खुशि ब्याक्त गर्न थालेको छन् ।

नेकपा एमालेको संगठित सदस्य भएतापनि सर्बमान्य स्थानिय नेताको रुपमा उनलाई लिने गरिन्छ । ब्याबहारले पुर्णरुपमा स्वतन्त्र भएको के.सी. समाजसेवामा पुर्ण रुपमा समय दिने गर्दछन । सन्त बहादुर के.सी. अध्यक्षको निक्र्यौल संगै , मिना अधिकारी उपाध्यक्ष, र वडाध्यक्षहरुमा बेल बहादुर थापा, पुर्ण बहादुर थापा, भक्त बहादुर गुरुङ्ग, प्रकाश के.सी. लगाएतको नामहरु करीब करीब निश्चित भइसकेको छ ।  यधपि नेकपा एमाले जिल्ला कमिटि, गांउ कमिटिले आधिकारीक निर्णय भने गर्न बाकिनै छ । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy