Ads

Sunday, April 16, 2017

रामचन्द्र पौडेलको प्रस्तावः स्थानीय चुनाव ५ दिन पछि सारौं

Posted By: Samsung - 2:52 AM

३ बैशाख, बागलुङ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावको मिति सार्न प्रस्ताव गरेका छन् । चुनावको मिति पछि सारेर भए पनि मधेस केन्द्रित दलहरुलाई सहमतिमा ल्याउनुपर्ने र एकैचरणमा चुनाव गराउनुपर्ने उनको प्रस्ताव छ ।
प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, ‘समयमा चुनाव हुन नसके मुलुकलाई धेरै ठूलो अप्ठ्यारो पर्न सक्छ । पाँच दिन पछि सारेर भएपनि एकै चरणमा चुनाव गर्नुपर्छ ।’

दुई चरणमा भन्दा एकै चरणमा चुनाव गर्दा राम्रो हुने बताउँदै पौडेलले मिति सारेरै भएपनि निर्वाचनमा मधेस केन्द्रित दलहरुलाई पनि समावेश गराउनु पर्नेमा जोड दिए ।
उनले मधेस केन्द्रित दलहरु चुनाव हुन नदिने खेलमा लागेको आरोप समेत लगाए । मधेस केन्द्रित दलहरुकै सहमतिमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाइएको बताउँदै उनले अहिले आन्दोलन गर्ने र बहिस्कार गने कुराले आफू आश्चर्यमा परेको बताए ।
अब नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीले जिम्मेवारी ढंगका साथ देशलाई निकास दिन लाग्नुपर्ने धारणा नेता पौडेलले राखे ।
-विजय रानाबाट
Source : onlinekhabar

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy