Ads

Sunday, April 16, 2017

चिहानको जग्गा समेत अतिक्रमणको चपेटामा

Posted By: Samsung - 2:55 AM

अशोक विश्वकर्मा, बैशाख ३, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित गल्छिनाका इस्लाम धर्मावलम्बीहरुले हकभोग गर्दै आएको कब्रस्थान(चिहान)को जग्गा सृष्टी आमा समुह दुलेगौडाले अतिक्रमण गरेको भन्दै जग्गा विबाद समाधान गरिदिन मुस्लिम समुदायले आग्रह गरेका छन् । 

शनिबार सर्वदलिय संयन्त्र तथा नागरिक समाज र पत्रकारहरुको उपस्थीतीमा आयोजना गरिएको कार्यक्रममा जिल्ला मालपोत कार्यलयले समेत स्पष्ट रुपमा आफुहरुको कब्रस्थानका लागी छुट्याएको जग्गा अतिक्रमण हुन लाग्दा आफुहरु अन्यायमा परेको उनीहरुले बताएका छन् । 
मुस्लिम समुदायको ब्यक्तिहरुको मृत्यु पश्चात अन्तिम दाहसंस्कारका लागी प्रयोग हुने कसेरी टारको करिव २३ रोपनी जग्गा आफुहरुले वि.सं २०२३ साल देखि नै उपभोग गर्दै आएको भएता पनि पछि २०५५ सालमाको सुकुम्वासी समाधान आयोगले १३ रोपनी कब्रस्थान र १० रोपनी सृष्टी आमा समुहका लागी छुट्याएको उनीहरुको दावि रहेको छ । 

तर अहिले आमा समुहले कब्रस्थानको लागी जिल्ला मालपोत कार्यालय तनहुँको फिल्डबुकमा समेत स्पष्ट तोकिएको १३ रोपनी जग्गाको सिमानामा अतिक्रमण गरेको उनीहरुले आरोप लगाएको छ । उक्त स्थानको सिमानामा विबाद उत्पन्न हुन थालेपछि मुस्लिम समुदायले लगाएको तारबार अपरिचित समुहले भत्काइदिएको भन्दै दोषीलाई कारबाही गरिदिन विभिन्न राजनितिक दल र नागरिक समाजलाई उनीहरुले आग्रह गरेका छन् । 

विबाद समाधानका लागी आयोजना गरिएको कब्रस्थान संरक्षण विषयक अन्तक्रिया तथा पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय अनुशासन विभागका पूर्व सदस्य शेषमणि आचार्य, प्रदेश न ४ का विभागिय सदस्य मोति प्रसाद पौडेल, नेकपा माओबादीका केन्द्रिय सदस्य खुमबहादुर वि.क., नेकपा एमाले शुक्लागण्डकी नगर संगठनका संयोजक रामचन्द्र उपाध्याय, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, एमाले नेतृ सविता रसाइली, महोम्मद रम्जान मियाँ लगायतले धार्मिक रुपमा मिलेर बस्नुको विकल्न नभएको भन्दै कानुनी रुपमा अधिकार प्राप्त जग्गा मुस्लिम समुदायले पाउनु पर्नेमा जोड दिए । साथै बक्ताहरुले जग्गा विबादको नाममा धार्मिक सहिष्णुतामा खलल पु¥याउनको लागी सक्रिय समुहलाई कारबाही गर्नुपर्नेमा बताए । 

नेपाल मुस्लिम समाज सेवा समिति शुक्लागण्डकी नगरपालिकाका अध्यक्ष हाजि सफि उल्लाह मियाँको अध्यक्षतामा आयोजनामा भएको कार्यक्रममा स्वागत नेपाल मुस्लिम मोर्चाकी केन्द्रिय सदस्य नसीरुन निसाले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन स्थानिय महोम्मद मियाँले गरेका थिए । कार्यक्रममा नगरपालिका भित्र सक्रिय राजनितिक दलका प्रतिनिधि तथा बुद्धिजिविहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy