Ads

Saturday, April 15, 2017

नयाँ शक्ति सहित ६८ दलको अनसन सुरु

Posted By: Samsung - 12:29 AM

२ बैशाख काठमाडौं । दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन् ।

संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै उनीहरुले रत्नपार्कस्थित शान्ति वाटिकामा ६ दिने अनसन सुरु गरेका हुन् ।
अनसनको शुभारम्भ गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलीय चुनाव चिन्न संसद बाहिरका दललाई नदिने तीन ठूला दलको निर्णय तर्कसंगत नभएको बताए ।
यो निर्णय लोकतन्त्र र संविधान प्रतिकूल रहेको भन्दै उनले आक्रोश व्यक्त गरे । संयोजक भट्टराईले दलीय पहिचान नै मेटाउने काममा ठूला दल लागि परेेको आरोप लगाएका छन् ।
६८ दलले दलीय चुनाव चिन्न नपाएसम्म आन्दोलनलाई निरन्तरता दिइरहने जनाएका छन् । उनीहरुले दलीय चुनाव चिन्हको माग गर्दै पहिलो चरणमा देशभरका निर्वाचन कार्यालय घेराउ गरेका थिए ।
स्थानीय तह निर्वाचन ऐनमा संसदमा नरहेका दललाई दलीय चुनाव चिन्न नदिने व्यवस्था गरिएकोमा आपत्ती जनाउँदै ६८ दलले आफूहरुको माग सम्बोधन नभए आवश्यक्ता अनुसार प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँ बानेश्वरमा घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy