Ads

Sunday, April 2, 2017

पोखरामा १९ वर्षपछि विद्यार्थी पुर्नमिलन तथा गुरुहरुलाई सम्मान

Posted By: Samsung - 7:14 AM


चैत्र २०, पोखरा । जनप्रिय मावि सिमलचौर पोखराको २०५४ सालमा एसएलसी दिएका विद्यार्थीहरुको पुर्नमिलन  तथा गुरुहरुलाई सम्मान कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै तत्कालीन प्रधानाध्यापक राम बहादुर थापा, पूर्व प्रधानाध्यापक नारायण पराजुली र वर्तमान प्रधानाध्यापक बाबुराम पौडेल, शिक्षिका शान्ति बरालले पुर्नमिलन कार्यक्रमले विद्यार्थीबीचको एकता झल्कने बताउदै विद्यालयलाई नबिर्सन आग्रह गर्नुभयो । साथै आउदै गरेको स्वर्ण महोत्सवमा सहभागि हुन अपिल गर्दै विद्यार्थीको उज्ववल भविष्यको कामना गर्नुभयो । 


सो अवसरमा गुरुहरुलाई दोसल्ला र माला लगाएर सम्मान समेत गरिएको पूर्व विद्यार्थी ऋतु भुवाइले जानकारी दिनुभयो ।पूर्व विद्यार्थी धिरज थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्व विद्यार्थीहरु लक्ष्मी भण्डारी र जयप्रकाश थापाले शुभकामना व्यक्त गर्नुभयो । पंकज पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा धन्यवाद मोहन थापा र महेन्द्र पहारीले विगतको अनुभव सुनाउनुभएको थियो । सो अवसरमा करिव ६० जना पूर्व विद्यार्थीको सहभागिता रहेको थियो । यसैबीच कार्यक्रममा पूर्व विद्यार्थी मञ्च गठनका लागि लक्ष्मी भण्डारी, मोहिनी पहारी, सरिता कुँवर, हेमा गुरुङ, पंकज पौडेल, महेन्द्र पहारी, मोहन थापा, ऋतु भुवाई, धिरज थापा, सकेन्द्र ताम्राकार, जय प्रकाश थापालाई  चयन गरिएको छ ।
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy