Ads

Sunday, April 2, 2017

बाबुराम रिहा हुन मानेनन्, प्रहरीद्वारा दुर्व्यवहार

Posted By: Samsung - 7:37 AM

२० चैत, काठमाडौं । निर्वाचन कार्यालय घेराउका क्रममा आइतबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रिहा हुन अस्वीकार गरेको छ ।

नयाँ शक्ति पार्टीका नेपालका संयोजक भट्टराईसहितका पुलिस क्लबमा राखिएका नेताहरुलाई प्रहरीले साँझ रिहा गरेको छ । तर, डा. भट्टराईले आफूहरु धर्ना बसेको भन्दै माग पूरा नभएसम्म बाहिर नजाने बताएका छन् ।
बाहिर निस्कन नमानेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले भट्टराईमाथि लछारपछार गर्दै  दुर्व्यवहार गरेको नयाँ शक्तिका नेता विश्वदिप पाण्डेले बताए ।
सुरक्षाकर्मीले महिला नेतृहरुमाथि पनि  दुर्व्यवहार गरेको उनले दाबी गरे ।
बाहिर नयाँ शक्ति नेपालका कार्यकर्ता प्रर्दशन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy