Ads

Tuesday, April 4, 2017

खैरेनीटार महोत्सवमा आज मिलन लामा र सम्झना भण्डारी आउने

Posted By: Samsung - 7:29 PM

चैत २३, दुलेगौडा ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा जारी नवौं खैरेनीटार महोत्सवको  तेस्रो दिन चर्चित कलाकारहर प्रस्तुति रहनेछ । महोत्सवमा  बुधबार आज चर्चित लोकदोहोरी गायक मिलन लामा, कृष्ण देवकोटा, शिवहरि ढुंगाना, गायिका सम्झना भण्डारी, सावित्रा जोशी र माया गुरुङ्गको प्रस्तुति रहने कलाकार समन्वय समितिका संयोजक उपेन्द्र तिम्सिनाले जानकारी दिए । तिम्सिनाका अनुसार हास्यव्यंगतर्फ  खासखुस यूनिट, मधेसी र पहाडीयाको प्रस्तुती समेत रहेको छ । 

“आर्थिक , सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मुल नाराकासाथ सञ्चालित नवौं खैरेनीटार महोत्सवको दोस्रो दिन मंगलबार चर्चित लोकदोहारी गायक राजु परियार, राजन कार्की, शंकर पन्त, गायिका जानकी तारमी मगर लगायतको प्रस्तुतिमा दर्शकहरु रमेका थिए । 

मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका र २० लाख बराबरको आर्थिक कारोवार भएका प्रवक्ता हरि बहादुर थापाले जानकारी दिए ।बैशाख २ गतेसम्म चल्ने महोत्सवबाट ५ करोड बराबरको आर्थिक कारोवार हुने र  करिब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ   । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy