Ads

Friday, April 7, 2017

चर्को शुल्क नअशुल्न निजी विद्यालयलाई सात विद्यार्थी संगठनको चेतावनी

Posted By: Samsung - 8:57 AM

काठमाडौं । प्रमुख दलका विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुलाई चर्को शुल्क असुली नगर्न चेतावनी दिएका छन ।  काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियू, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीलगायतका ७ विद्यार्थी संगठनको शुक्रबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले बनाएको मापदण्ड विपरित चर्को शुल्क असुली गर्ने गरेको पाइएको उल्लेख गर्दै त्यसो गरे कडा कार्वाही गर्ने चेतावनी दिएको हो।


 निजी विद्यालयहरुले चर्को शुल्क असुली गर्ने गरेकाले अनुगमन गरी कार्वाही गर्ने निर्णय समेत लिइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए। उनले निजी शिक्षण संस्थाहरुले स्टेशनरी सामानको समेत व्यापार गर्ने गरेको भन्दै आपत्ति जनाए।

अनेरास्ववियूका कार्यबहाक अध्यक्ष रश्मी आचार्यले सरकारले तोकेको मापदण्ड विपरित निजी विद्यालयहरुले आफूखुसी चर्को शुक्ल असुली गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न अनुगमन गर्ने निर्णय लिइएको बताइन्।
Loading...
निजी विद्यालयहरुको धमाधम विद्यार्थी भर्ना प्रक्रिया अघि बढाइरहेका बेला विद्यार्थी संगठनहरुले चर्को शुल्क असुल नगर्न चेतावनी दिएको हो । अनुगमन गरी चर्को शुल्क असुली गर्ने विद्यालयलाई कडा कार्वाही गर्ने सात विद्यार्थी संगठनद्धारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy