Ads

Friday, April 7, 2017

माओवादीको उम्मेदवार बन्दै हुनुहुन्छ ? तपाईंको सम्पत्ति कति छ ?

Posted By: Samsung - 6:10 AM




२५ चैत, काठमाडौं । तपाईं स्थानीय तहमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंले विभिन्न ९ वटा मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ ।


माओवादी केन्द्रले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तोकेको छ । स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार व्यवस्थापन गर्न उसले यस्तो मापदण्ड तोकेको हो ।
माओवादीले उम्मेदवार छनोट भइसकेपछि निजले आफ्नो सम्पूर्ण सम्पत्ति विवरण र आयस्रोत सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
स्थानीय तहमा निर्वाचित भएपछि हुन सक्ने आर्थिक अपारदर्शिता रोक्न र आफ्नो निष्कलंक छवि सार्वजनिकरुपमा देखाउन माओवादीले यस्तो नीति अघि सारेको छ ।
उम्मेदवार छनौट भइसकेपछि निजले आफ्नो सम्पूर्ण सम्पत्ति विवरण र आयस्रोत सार्वजनिक गर्नुपर्नेछ । अब यही मापदण्डभित्र पर्ने माओवादी केन्द्रका कार्यकर्ताहरुले आफ्नो क्षेत्रमा उम्मेदवारी दावी गर्न सक्नेछन् ।
Loading...
माओवादी केन्द्रका कार्यकर्ताहरुले उम्मेदवार दावी गर्न निश्चित योग्यताहरु देखाउन सक्नुपर्नेछ । माओवादी केन्द्रले पार्टीको उम्मेदवार बन्न ९ बुँदे मापदण्ड सार्वजनिक गरेको छ ।
पहिलो बुँदामै माओवादीले ‘सिंहदरबारमा केन्द्रित अधिकार जनताको घरदैलोमा पुर्‍याउँदै लोकतन्त्रको अभ्यास गर्न सक्नेलाई मात्र उम्मेदवार बनाउने बताएको छ । यसका लागि उसले पार्टीको नीति, कार्यक्रम र कार्यदिशा लागू गर्नुपर्नेछ । र, पार्टीको संगठन विस्तार गर्दै जनतामा पार्टीको आधार खडा गर्ने क्षमता राख्ने हुनुपर्नेछ ।
दोस्रो नम्बरमा स्थानीय तहमा लोकप्रिय, वर्ग दृष्टिकोण स्पष्ट भएको र जनयुद्धमा भूमिका खेलेको हुनुपर्नेछ । यससँगै सार्वजनिक काममा दक्ष, चुनावी रणनीतिमा दख्खल व्यक्ति माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा उम्मेदवार बन्न सक्षम हुनेछ ।
माओवादी केन्द्रले निर्वाचन आयोगले तोकेको योग्यताका अतिरिक्त सार्वजनिक पद धारण गर्दा वा संगठनको भूमिकामा रहँदा वा सामाजिक जीवनमा सार्वजनिक प्रतिष्ठा गुमाएका वा धुमिल भएका, आचरणहीन देखिएका व्यक्तिलाई उम्मेदवारी नदिने बताएको छ ।
माओवादीले स्थानीय तहलाई राज्यको आधार अंगका रुपमा विश्लेषण गरेको छ । त्यस्तो भूमिकामा रहेको तहमा पार्टीप्रति बफादार, अनुशासित, इमान्दार कर्तव्यपरायणतालाई विशेष प्राथमिकता दिने माओवादी केन्द्रले जनाएको छ ।
@onlinekhabar

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy