Ads

Saturday, April 8, 2017

अर्को संशोधन प्रस्ताव नल्याउन सरकारलाई एमालेको चेतावनी

Posted By: Samsung - 12:42 PM

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अर्को संविधान संशोधन प्रस्ताव नल्याउन सरकारलाई चेतावनी दिएका छन् । वरिष्ठ नेता खनालले संविधान कार्यान्वयन गरेर जाने बेला सरकारले संविधान संशोधन गर्ने एकपछि अर्को असमायिक कदम चालेको भन्दै आपत्ति जनाए ।

 रिपोर्टस क्लब नेपालको १९ औ बार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै गर्न उपयुक्त हुने उनको सुझाव थियो ।

Loading...


प्रतिपक्ष एमालेलाई समेत मान्य हुने गरी अर्को संविधान संशोधन प्रस्ताव तयार पारेको प्रधानमन्त्री पुष्पकमल दाहालले साेही 
कार्यक्रममा बताए लगत्तै नेता खनालले त्यसो नगर्न सरकारलाई सचेत गराएका हुन् ।  

नेता खनालले प्रतिनिधि सभाको निर्वाचन पछि मात्रै संविधान संशोधनको औचित्य प्रष्ट हुने भन्दै सरकारलाई गम्भीर भएर सोच्न आग्रह गरे । तीनै  तहको निर्वाचन सम्पन्न गर्नु अहिले मुलुकको राष्ट्रिय कार्यभार भएको  स्मरण गरे । नेता खनालले संविधान संशोधन विधेयक यतिबेला सान्दर्भिक नरहेको पटक–पटक बताए ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy