Ads

Saturday, April 8, 2017

ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि हातपात ! कांग्रेस नेताको दबावमा छुटे

Posted By: Samsung - 12:55 PM


२६ चैत, काठमाडौं । ट्राफिक प्रहरीमाथि हातपात गर्ने एक महिला नेपाली कांग्रेसका नेताको भनसुनका भरमा छुटेकी छन् ।
ललितपुरको कुमारीपाटीमा बिहीबार नो पार्किङमा गाडी पार्क गरेको पाइएपछि ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेले हटाउन भने ।
तर, बा १६ च २३५२ नम्बरको कारका चालक प्रकाश राईले अटेर गरेपछि घिमिरेले कारबाही गर्ने भन्दै कागजपत्र र लाइसेन्स मागे ।


Loading...

चालकसँग न त लाइसेन्स थियो, न कागजपत्र । त्यसपछि उनले चालकलाई ट्राफिक विटमा जान भने । तर, जाउलाखेल आएपछि चालकले गाडी लगनखेलतर्फ घुमाए र ट्राफिकलाई ओर्लन निर्देशन दिए ।
त्यही क्रममा गाडीमा बसेकी शोभा कार्कीले ट्राफिक प्रहरी घिमिरेलाई गलहत्याएर गाडीबाट धकेलिन् । ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेपछि भाग्न खोजेका उनीहरुलाई सडकमा गाडी चलाइरहेकाहरुले नै रोके । र, लगत्तै आइपुगेका प्रहरीले चालक र कार्की दुबैलाई नियन्त्रणमा लिए ।
तर, दुबै जनामाथि कुनै कारबाही भएन, उनीहरु कांग्रेस नेताको दबावमा छुटेका छन् । कांग्रेस सांसद जगदीशनरसिंह केसीले उनीहरुलाई छुटाएका हुन् । त्यसका लागि सांसद केसी आफैं ललितपुर प्रहरी परिसरमा पुगेका थिए ।
कांग्रेस सांसद केसीले अनलाइनखबरसँगको कुराकानीमा चालकलाई आफूले छुटाएको स्वीकार गरेका छन् । ‘नो पार्किङमा पार्क गर्नु गल्ती हो । तर, १ हजार जरिवाना मात्र गरिन्छ, मुद्दा चलाएको मलाई थाहा छैन’ उनले भने, त्यसैले मैले एसएसपीसँग कुराकानी गरेको हुँ ।’
शोभा अमेरिकाबाट आएकी थिइन् । सांसद केसीले उनी मानसिक रोगको विरामी भएको र उपचार गर्न नेपाल आएको दाबी गरे ।
ट्राफिक प्रहरीमाथि हातपात गर्नेलाई किन छुटाएको त भन्ने प्रश्नमा केसीले भने, अमेरिकाबाट आएको र मानसिक रोगको विरामी भनेपछि मैले केही भन्नुपर्छ जस्तो लाग्दैन ।’
दुबैलाई कारबाहीका लागि परिषरमा बुझाएको भन्दै ललितपुर ट्राफि्रक प्रहरी प्रमुख सीताराम हछेथुले भने, आरोपित महिला मानसिक रोगी भएकाले छाडेको भन्ने सुनेको छ । अरु थाहा छैन ।’
@onlinekhabar
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy