Ads

Tuesday, April 4, 2017

आजको राशिफल ( वि.सं. २०७३ चैत्र २३ गते बुधबार तदनुसार ई. सं. २०१७ अप्रिल ०५ तारिख)

Posted By: Samsung - 3:17 PM

आज वि.सं. २०७३ चैत्र २३ गते बुधबार तदनुसार ई. सं. २०१७ अप्रिल ०५ तारिख

आजको चाडपर्व र उत्सव : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत सिद्धिदात्री भगवतीको आराधना गर्ने दिन, रामनवमी व्रत, रामजयन्ती, रामयात्रा,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), 

चैत्र शुक्लपक्षको नवमी तिथि, दिउँसो ०१:२६ बजेसम्म, त्यसपछि दशमी तिथि,
पुष्य (तिष्य) नक्षत्र, मध्यरात्रीपछि ०१:४४ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र,
भोलिको चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त),
सुकर्मा योग, साँझ ०४:५८ बजेसम्म, त्यसपछि धृति योग,
सुरुमा कौलव करण दिउँसो ०१:२८ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:३९ बजेसम्म, अन्तिममा गर करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०६:२३ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– 
राहु काल : दिउँसो १२:०८ देखि ०१:४१ सम्म
यमघण्ट : बिहान ०७:२६ देखि ०९:०० सम्म
गुलिक काल : दिउँसो १०:३४ देखि १२:०८ सम्म

आजको बारबेला :–
लाभ वारवेला : सूर्योदयपूर्व ०५:५२ देखि ०७:२६ सम्म, साँझ ०४:४९ देखि ०७:४९ सम्म र मध्यरात्रीपछि ०४:२७ देखि ०५:५२ सम्म
उद्वेग वारवेला : दिउँसो ०१:४१ देखि ०३:१५ सम्म र बेलुका ०७:४९ देखि ०९:१५ सम्म
शुभ वारवेला : दिउँसो १०:३४ देखि १२:०८ सम्म र बेलुका ०९:१५ देखि १०:४१ सम्म
अमृत वारवेला : बिहान ०७:२६ देखि ०९:०० सम्म र बेलुका १०:४१ देखि १२:०८ सम्म
चर वारवेला : दिउँसो ०३:१५ देखि ०४:४९ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:३४ सम्म
रोग वारवेला : दिउँसो १२:०८ देखि ०१:४१ सम्म र मध्यरात्रीपछि ०१:३४ देखि ०३:०० सम्म
काल वारवेला : बिहान ०९:०० देखि १०:३४ सम्म र मध्यरात्रीपछि ०३:०० देखि ०४:२७ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ, तर अन्त्यमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
जिम्मेवारीप्रति सचेत रहनुपर्छ, परिश्रम र मिहिनेत गर्न सकेमा बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको सफलता पाउन सक्नुहुन्छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । आर्थिक समस्याले पिरोल्ने छ । व्यापारव्यवसायमा सामान्य छ । आर्थिक पक्षमा ठूलो फड्को मार्न सक्नुहुन्न । पारिवारिक जीवन सामान्य छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । श्रमिक, पशुपालक र कृषकले आज कामबाट फुर्सद नपाउनाले बढी थाकेको अनुभूति गर्नेछन् । बेलुकाको वास वा खानपीनमा तलबितल पर्नसक्छ । त्यस्तै सामान हराउने र प्रतिष्ठा गुम्ने परिस्थिति पनि आउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यानकेन्द्रित हुँदैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy