काठमाडौं, २२ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षपछि नेपालले वर्षको ६/६ महिना विजुली बेच्न पुग्ने बताएका छन् । प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले ४५६ मेगावाटको तामाकोशी जलविद्युत आयोजना बनेपछि प्राधिकरणले वर्षको ६ महिना विजुली बेच्न पुग्ने दाबी गरे ।
२०७५ मंसिरसम्ममा माथिल्लो तामाकोशीको एउटा युनिट सञ्चालनमा ल्याइसक्ने तयारी रहेको पनि उनले जानकारी दिए । उनका अनुसार ३२ मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो चालू आवकै अन्त्यसम्ममा सञ्चालनमा आउने छ ।
विद्युतभार मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।
हालसम्म प्राधिकरणले रु. ९ अर्ब ६ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप रु ६ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ ।
हालसम्म प्राधिकरणले रु. ९ अर्ब ६ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप रु ६ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ ।
Loading...
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत वर्ष करिब १४ अर्ब बराबरको विद्युत् आयात भएको जानकारी दिए । उनका अनुसार गत वर्ष रु १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार ५२२ मूल्यको विद्युत् आयात गरिएको थियो । चालु आवको अन्त्यसम्म हिसाब गर्ने हो भने करिब रु एक अर्ब बढीको मात्रै विद्युत् थप आयात हुनेछ ।
ऊर्जा सङ्कटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ ।
स्वदेशमा उत्पादन भएको विद्युत् स्वदेशमै खपत बढाउने उपायहरुका विषयमा खोजी गर्नुपर्ने पनि घिसिङले उल्लेख गरे । औद्योगिक क्षेत्रको लोडसेडिङ पनि चाँडै हट्ने उनले बताए ।
प्राधिकरणले विद्युत् व्यवस्थापनलाई चुस्त बनाएर लोडसेडिङको अन्त्य गरेको भन्दै उनले अब काठमाडौं उपत्यकामा प्रयोग भएका ट्रान्सफर्मरको क्षमता विस्तार गरिने बताए । प्रतिशतको हिसावमा गत वर्षभन्दा १.४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
गत वर्ष रु ३२ अर्ब कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष रु १२ अर्ब बढी रु ४४ अर्ब आम्दानी गर्नेछ । गत वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष छ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
यो वर्ष प्राधिकरणले एक अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको र गत वर्ष एक अर्ब ७३ करोड ९ लाख युनिट बिजुली आयात भएको थियो । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १०५ मेगावाट बिजुली उत्पादन थप भएको उनको भनाइ छ । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङले बताए ।
हाल विद्युत् प्राधिकरणले साँझ ९२० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिँदै उनले त्यसलाई खपत कसरी बढाउने विषयमा छलफल भइरहेको उल्लेख गरे ।
प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको जनाएको छ । त्यसबाट प्राधिकरणलाई रु एक अर्ब २० करोड बराबरको आम्दानी भएको छ ।
चालु आवको अन्त्यसम्म करिब पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
चालु आवको अन्त्यसम्म करिब पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णतः गलत भएको पनि दाबी गरे । खानेपानी लिमिटेडले सोमवार गोरखापत्रमा नै सूचना जारी गरी विद्युत प्राधिकरणको बक्यौयता ५० करोड रहेको जनाएको थियो । प्राधिकरणले लिमिटेडलाई ४४ लाख मात्रै महसुल तिर्न बाँकी रहेको उनले बताए ।
Loading...


0 comments:
Post a Comment