Ads

Tuesday, April 4, 2017

चितवनका सबै स्थानीय निकाय जित्ने एमालेको दावी

Posted By: Samsung - 8:07 AM

२२ चैत्र – नेकपा एमाले चितवनका अध्यक्ष कृष्ण भट्ट पोख्रेलले आगामी बैसाख ३१ गतेको निर्वाचनमा चितवनका सबै स्थानीय निकायमा एमालेका उम्मेदवार विजयी हुने बताएका छन् । नेकपा एमालेको जनमुखी कामका कारण जनताले एमालेलाई माया गरेको उनले बताए ।
नेकपा एमाले कालिका नगरपालिका वडा नं. ६ वडा कमिटीद्वारा आज मंगलबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष पोख्रेलले कांग्रेस र माओवादीले स्थानीय निर्वाचन गर्न नचाहे पनि एमालेको दवावको कारण निर्वाचन गर्न बाध्य भएको बताए । नेकपा एमालेको देशभर जनलहर बढेकाले कांग्रेस र माओवादी अत्तालिएको समेत उनले बताए ।

Loading...

चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, रत्ननगर, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबै तहमा एमालेको विजय सुनिश्चित समेत उनले दावी गरे । जनताका हरेक सुख दुःखमा एमालेको साथ रहेकोले जनताले एमालेलाई मतदान गर्न आतुर रहेको आफुले पाएको उनले बताए ।
संविधान संशोधन गर्न एमाले बाधक रहेको भन्ने सत्ताधारी दलको धारणा गलत रहेको भन्दै चितवन क्षेत्र नं. ३ का सांसद समेत रहेका एमाले अध्यक्ष पोख्रेलले देशको सार्वभौमिकता र राष्ट्रियतामा आँच आउने गरी संविधान संशोधन गर्न नदिई देशलाई फिजीकरण हुन बाट एमालेले बचाई राखेको समेत उनले बताए ।
सो कार्यक्रममा युवा संघ वडा कमिटीमा निर्वाचित अध्यक्ष राजेन्द्र श्रेष्ठ सहित १ सय १ जना युवाहरुलाई सपथग्रहण गराइएको थियो भने विभिन्न राजनैतिक पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाइ टिका लगाएर स्वागत गरिएको थियो ।
नेकपा एमाले कालिका वडा नं. ६ का संयोजक होम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा उपसंयोजक चेत बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्यहरु बिनोद रेग्मी, गोपी श्रेष्ठ, जयचन्द्र प्रसाद चौधरी, जिल्ला सल्लाहकार सदस्य यादव प्रसाद पाठक, पूर्व क्षेत्रीय सदस्य टिकाराज रिजाल, दिपक लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy