Ads

Tuesday, April 4, 2017

एमालेको चुनावी नाराः एक घर एक धारा

Posted By: Samsung - 5:16 AM


चैत २२ , काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको चुनावी घोषणा पत्रको मस्यौदामा जुटेको छ । राष्ट्रियता, सामाजिक न्याय र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न स्थानीय तहको चुनावमा एमालेलाई जिताउन आग्रहसहितको घोषणापत्र मस्यौदा मंगलबारदेखि शुरु भएको हो ।


घोषणापत्र मस्यौदा कमिटीका संयोजक पार्टी उपाध्यक्ष बामदेव गौतमको अध्यक्षको निवास भैंसेपाटीमा बसेको बैठकले बिभिन्न विषयमा अलग-अलग मस्यौदा तयार गर्न सदस्यहरुलाई जिम्मा दिएको छ । बिहीबारसम्म घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार हुने मस्यौदा समितिका सदस्य रविन्द्र अधिकारीले जानकारी दिए ।

अधिकारीले भने-राष्ट्रियता सुदृढ बनाउन एमालेलाई जिताऊँ, लोकतन्त्र र सामाजिक न्यायलाई बलियो बनाउन स्थानीय तहमा एमालेलाई जिताऊँ भन्ने थिममा हाम्रो घोषणापत्र बन्छ ।’ बलियो र सक्षम स्थानीय तहको परिकल्पना एमालेले मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारकै बेलामा गरेको भन्दै उनाले स्थानीय तहमा बिजयको हकदार एमाले नै हुने दाबी समेत गरे ।


Loading...
एमाले सचिव योगेश भट्टराईले समाज प्राप्तिका लागि आवश्यक घोषणापत्र जनता समक्ष लैजाने तयारी भइरहेको बताए ।

‘हामीले परिकल्पना गरेको सक्षम र अधिकारसम्म स्थानीय तह कस्तो हो भन्ने हामीले जितेपछि मात्र देखिन्छ’ उनले भने, ‘त्यसैले एमालेलाई स्थानीय तहमा जिताइयो भयो हामीले २२ वर्षअघि गरेको परिकल्पना अनुसार काम गर्नेछौं ।’

एमालेको जनता समक्ष घोषणा पत्रलाई दुई प्रकारको बनाउने तयारी गरेको छ । एउटा विस्तृत योजना सहितको हुनेछ भने अर्को जनताले बुझ्ने भाषामा सानो हुनेछ । र स्थानीय तहमा बोलिने सबै भाषामा प्रकाशन गरिने एमाले स्रोतले जनाएको छ ।

घोषणापत्र एमालेले चाहेको नेपालको विकास कस्तो हुने भन्नेमा केन्दि्रत हुने समितिले जनाएको छ । केन्द्र र गाउँको पूर्वाधार विकासलाई जोड्ने योजना आफूले बनाइरहेको विकास समितिका सभापति अधिकारीले बताए । जसमा शिक्षा, स्वास्थ्य र रोजगारीदेखि एक घर एक धारा जस्ता योजना समेत अघि सारिने छन् ।

घोषणापत्रले सम्पूर्ण नेपाल र स्थानीय तहका सबै क्षेत्रको भावना समेट्ने गरि समिति गठन भएको एमालेले जनाएको छ । घोषणापत्र मस्यौदा समितिको संयोजकमा बामदेव गौतम छन् भने सदस्यहरुमा पार्टीका नेता, संसदको विकास समितिमा रहेका सांसद तथा मधेसी, आदिवासी जनजाति र महिला नेता समेत समेटिएका छन् ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy