Ads

Tuesday, April 4, 2017

मेलम्चीको पानी दसैंअघि वितरण गर्न निर्देशन

Posted By: Samsung - 3:31 PM

काठमाडौं: संसद्को सार्वजनिक लेखा समितिले मेलम्चीको पानी आगामी दसैंभित्रै काठमाडौंबासीलाई वितरण गर्ने गरी काम गर्न निर्देशन दिएको छ।
समिति सभापति डोरप्रसाद उपाध्यायले खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिइएको मंगलबार जानकारी दिए। समितिले बैठकले आयोजना तोकिएकै समयमा वातावरणमैत्री ढंगबाट सम्पन्न गरी काठमाडौंबासीलाई पानी वितरण गर्न निर्देशन दिएको छ।
आयोजनाको वित्तीय प्रगतिविवरण र आयोजना लागत बढ्नुको कारणसहितको विवरण पेस गर्न पनि समितिले निर्देशन दिएको छ।
समिति बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची तोकिएकै समयमा आउनेमा ढुक्क भएर बस्न आग्रह गरे। उनका अनुसार मेलम्ची काठमाडौैंछेउमै आइपुगिसकेको छ । अब भित्र प्रवेशको औपचारिकता पूरा गर्न मात्रै बाँकी छ।
पानी आउनुअगाडि नै आगामी असारमा बागमतीको पानी राखेर उपत्यकाको धारा तथा पानीको पाइपको प्रेसर मापनको परीक्षण हुने भएको छ। सचिव उपाध्यायका अनुसार सुन्दरीजलमा बनाइएको पानी ट्यांकीमा बागमतीको पानी राखेर परीक्षण गरिनेछ।
असारमा बागमतीको पानीको प्रवाह बढ्ने भएकाले पनि यो पानीमार्फत परीक्षण हुने भएको हो। सुन्दरीजलमा बनाइएको ट्यांकीको क्षमता साढे आठ करोड लिटरको भएकाले दुईपटक काठमाडौंका सबै पानीको धारा तथा पाइपमा पानीको प्रेसर मापन हुने उल्लेख छ।
यो आयोजनाका लागि हालसम्म २१ अर्ब रुपैयाँ खर्च भइसकेको छ । आयोजना पूरा गर्न अझै साढे तीन अर्ब रुपैयाँ खर्च हुने सचिव उपाध्यायले बताए।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy