Ads

Monday, April 3, 2017

सुख्खा पहिरोले २ को मृत्यु, ४ सवारी पुरिए राजमार्ग आज नखुल्ने (भिडियोसहित)

Posted By: Samsung - 2:02 AM

२१ चैत, चितवन। मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा खसेको सुख्खा पहिरोले सवारी साधन पुर्दा २ जनाको मृत्यु भएको छ । अर्का दुई जनाको भने उद्दार गरिएको छ ।
लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यो सडक विस्तारको काम भइरहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर विस्तार गर्ने गरिएको छ । तर, सोमबार भरतपुर २० मा पर्ने घुमाउनेमा सुख्खा पहिरो खस्दा सडकमा गुडिरहेका सवारी परेका छन् ।
प्रहरीका अनुसार पहिरोमा ट्याकर, जिप, ट्रक र दुई वटा मोटरसाइकल परेको छ । ठूलठूला ढुंगाहरु नै खस्दा सवारी साधनमा क्षति पुगेको छ ।


Loading...


पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे  उद्दार टोली घटनास्थल पुगेको छ ।  प्रहरीका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका एसपी दीपक थापा लगायतका सरकारी टोली अहिले घटनास्थल पुगेको छ ।


@onlinekhabar


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy