Ads

Monday, April 3, 2017

नवौं खैरेनीटार महोत्सवको कोईरालाद्धारा उद्धघाटन, भोलि राजु परियार,जानकी तारमी र राजन कार्की आउने (फोटो सहित)

Posted By: Samsung - 7:29 AM




चैत्र २०, खैरेनीटार । तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आजदेखि नवौ खैरेनीटार महोत्सव सुरु भएको छ  । महोत्सवको नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्धाघाटन गर्ने भनिएकोमा काठमाडौंबाट कुनैपनि उडान नभएपछि  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल अध्यक्ष सञ्जिव बहादुर कोइरालाले उद्धाघाटन गर्नुभयो । आफु उपस्थित हुन नपाएपछि मुरारकाले फोनबाटै  महोत्सवको सफलताको लागी शुभकामना दिनुभयो । उद्धाघाटन समारोहलाई सम्बोधन गर्दे कोइरालाले महोत्सवले शुक्लागण्डकी र यस आसपासका क्षेत्रको आर्थिक, पर्यटन, साँस्कृति लगायतको प्रचार र प्रवद्धनमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले यस क्षेत्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन चुनाव पछि कार्यलाई अगाडी बढाउने बताए । उनले सार्वजनिक काममा आँफूले साथ दिने पनि वताउनुभयो ।

सो अवसरमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित, नेपाली काङग्रेसका जिल्ला सदस्य महेश्वर भट्टराई, नेकपा एमालेका जिल्ला सदस्य रामचन्द्र उपाध्याय, नेकपा माओवादी केन्द्रका परशुराम भण्डारी, संघका निवर्तमान अध्यक्ष देउकुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे, शुक्लागण्डकी नगर विकास समितिका अध्यक्ष खेमराज खनाल, महोत्सव निर्देशक हरिकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाईका सभापति अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महोत्सवका प्रवक्ता तथा खैरेनीटार बजार इकाईका निवर्तमान सभापति हरि बहादुर थापाले गरेका थिए भने सञ्चालन सचिव पूर्ण बहादुर कायस्थ, विष्णु श्रेष्ठ र नेत्रपाणी वास्तोलाले गरेका थिए ।

महोत्सव उद्धघाटनपुर्व आमा समुह, क्लव, विभिन्न समुदायको सहभागितामा  आफ्नो परिचय, कला र सँस्कृति झल्कने झाँकीसाहितको प्यालि निकालिएको थियो ।

असिना र पानीले विथोलेको महोत्सवको पहिलो दिन  लोकदोहोरी गायिका मञ्जु वि.क, गायक सुरज लामिछाने लगायतले सांगीतिक प्रस्तुतिमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । महोत्सवमा 
भोलि चर्चित लोकदोहोरी गायक राजु परियार, लोकदोहोरी गायिका जानकी तारमी मगर, राजन कार्की लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ ।

बैशाख २ गतेसम्म सञ्चालन हुने  महोत्सवमा २ सय बढि स्स्टलहरु रहेका छन् ।  महोत्सव अवधिभर पाँच करोड बराबरको आर्थिक कारोवार र दुई लाख भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई अध्यक्ष एवम् महोत्सव संयोजक अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा सांस्कृतिक झाँकी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं खरिद, धार्मिक एवं ऐतिहासीक स्थलहरुको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, कौरा नृत्य तथा गायन प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता आकर्षणको रुपमा छ । साथै अटोमोबाइल प्रदर्शनी तथा बिक्रि, बाल उद्यान तथा रमाईलो मेला, कन्सर्ट, पुष्प प्रदर्शनी तथा बिक्रि, घरेलु उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि, ताजा तरकारी, फलफूल प्रदर्शनी तथा खरिद बिक्रि, छेलो तथा तानडोरी प्रतियोगिता लगायतका कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy