Ads

Monday, April 3, 2017

एमालेले बनायो घोषणापत्र मस्यौदा समिति, एक व्यक्ति एक तहमा मात्र उम्मेदवार बन्न पाउने

Posted By: Samsung - 4:41 PM

२१ चैत, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा स्थानीय तहको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ । साथै एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले गौतमको नेतृत्वमा १५ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली छन् । यस्तै नेताहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, बिन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य छन् ।
Loading...
यस्तै महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । समितिमा सचिव पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । यस्तै छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् ।
एमाले बैठकले पार्टीको निर्णयअनुसार स्थानीय तहको उम्मेदवारको सिफारिस पठाउनका लागि मिति पनि तोकेको छ ।
वडा कमिटीले चैत ३० गतेसम्म, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीले वैशाख ४ गतेसम्म, जिल्ला कमिटीले वैशाख ७ गतेसम्म र प्रदेश कमिटीले वैशाख १० गतेसम्म उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्नेछ । यसरी आएको नामबारे वैशाख १२ गते स्थानीय कमिटी बैठक बसेर निर्णय गर्नेछ ।
एमालेले एक व्यक्ति केन्द्र, प्रदेश र स्थानीय तह मध्ये एउटामा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने, ‘हामीले चुनावको तयारीका लागि सबै कार्यकर्तालाई गाउँ र्फकन आग्रह गरेका छौं ।’

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy