Ads

Sunday, April 2, 2017

स्थानीय चुनावमा एक करोड ४० लाखभन्दा बढी मतदाता

Posted By: Samsung - 7:30 PM
चैत २१ , काठमाडौं । स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो । मतदाता नामावली टुंगो लगाएसँगै मतदाता परिचयपत्र छपाइ पनि सुरु भएको छ । मनाङ जिल्लाबाट मतदाता परिचयपत्र छपाइ सुरु भएको आयोगले जनाएको खबर आजको नयाँ पत्रिकामा छ।

पुरुष मतदाता धेरै

– महिला मतदाता ६९,८४,६२५
– पुरुष मतदाता ७०,६९,७१४
– तेस्रोलिंगी मतदाता १४३



९ फागुन ०७३ सम्म १८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेटिएको छ । १६ वर्षको उमेरबाटै मतदाता नामावलीमा नाम संकलन हुने भए पनि १८ वर्ष पुगेकाहरू मात्रै मतदान अधिकारसहित अन्तिम नामावलीमा पर्छन् । गत ९ फागुनसम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएकाले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्था छ ।
अब मतदाताको नामावली ठाउँसारी हुनेछैन । आयोगको कार्यतालिकाअनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी १० वैशाख ०७४ भित्र जिल्ला–जिल्लामा ढुवानी गरिसक्ने सहसचिव सूर्यप्रसाद शर्माले जानकारी दिए ।
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy