चैत्र २१, खैरेनीटार । तनहुँ उद्योग वाणिज्य संघ, खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा हुने नवौ खैरेनीटार महोत्सव आजबाट सुरु हुदैँ छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता हरिबहादुर थापाले जानकारी दिनुभयो ।
महोत्सवमा आउने अतिथीहरुको स्वागतका लागी खैरेनीटार बजारलाई दुलहीझै सिंगारिएको छ । खैरेनीटार बजार लगायत आसपासका क्षेत्रहरुमा व्यानर ध्वजापताकाहरुले सजाईएको छ । महोत्सवमा २ सय बढि स्टलहरु रहेका छन् । महोत्सव अवधिभर पाँच करोड बराबरको आर्थिक कारोवार र दुई लाख भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइर्का अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।
बैशाख २ गतेसम्म चल्ने महोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक झाँकी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं खरिद, धार्मिक एवं ऐतिहासीक स्थलहरुको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, कौरा नृत्य तथा गायन प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता रहेको छ । साथै अटोमोबाइल्स प्रदर्शनी तथा बिक्रि, बाल उद्यान तथा रमाईलो मेला, कन्सर्ट, पुष्प प्रदर्शनी तथा बिक्रि, घरेलु उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि, ताजा तरकारी, फलफूल प्रदर्शनी तथा खरिद बिक्रि, छेलो तथा तानडोरी प्रतियोगिता लगायत रहेको महोत्सव सचिवालयले जनाएको छ ।
Loading...
Loading...


0 comments:
Post a Comment