आजको चाडपर्व र उत्सव : छन्द दिवस, धनिष्ठा पञ्चक प्रारम्भ,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), गृहप्रवेश, द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, कलशचक्र,
वैशाख कृष्णपक्षको दशमी तिथि, मध्यरात्रीपछि १२:४१ बजेसम्म, त्यसपछि एकादशी तिथि,
धनिष्ठा नक्षत्र, बेलुका १०:४७ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र,
भोलिको चन्द्रमा मकर राशिमा, दिउँसो १०:३२ बजेसम्म, त्यसपछि कुम्भ राशिमा,
शुभ योग, बिहान ०९:४५ बजेसम्म, त्यसपछि शुक्ल योग,
सुरुमा वणिज करण दिउँसो १२:४८ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि १२:४२ बजेसम्म, अन्तिममा बब करण,
काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:३२ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान १०:२७ देखि १२:०४ सम्म
यमघण्ट : दिउँसो ०३:१८ देखि ०४:५५ सम्म
गुलिक काल : बिहान ०७:१३ देखि ०८:५० सम्म
आजको वारवेला:–
चर वारवेला : सूर्योदयपूर्व ०५:३६ देखि ०७:१३ सम्म, साँझ ०४:५४ देखि ०७:५५ सम्म र मध्यरात्रीपछि ०४:१३ देखि ०५:३६ सम्म
रोग वारवेला : दिउँसो ०१:४१ देखि ०३:१८ सम्म र बेलुका ०७:५५ देखि ०९:१८ सम्म
काल वारवेला : बिहान १०:२७ देखि १२:०४ सम्म र बेलुका ०९:१८ देखि १०:४१ सम्म
लाभ वारवेला : बिहान ०७:१३ देखि ०८:५० सम्म र बेलुका १०:४१ देखि १२:०४ सम्म
उद्वेग वारवेला : दिउँसो ०३:१८ देखि ०४:५५ सम्म र मध्यरात्रीपछि १२:०४ देखि ०१:२७ सम्म
शुभ वारवेला : दिउँसो १२:०४ देखि ०१:४१ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:५० सम्म
अमृत वारवेला : बिहान ०८:५० देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:५० देखि ०४:१३ सम्म
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार/व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा नानाथरिका कल्पना र भावना जाग्नेछन् । घरिघरि मानसिक अशान्ति र छटपटी बढ्न सक्छ । दिन ढल्दै जाँदा मायाप्रेम र पारिवारिक सुखका निमित्त अनुकूलता बन्नसक्छ, रसरङ्ग र घुमघामका लागि समय र धनको जोहो हुनेछ । विपरीतलिङ्गीप्रति आकर्षण बढ्नेछ र भोगविलासमा तिर्सना जाग्नसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन् । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ काममा हात हाल्नु त्यत्ति उपयोगी हुँदैन । समग्रमा आज मध्यमफल प्राप्त हुन्छ । राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ । व्यापार व्यवसायबाट पनि भनेजस्तो फाइदा लिन सकिंदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।


0 comments:
Post a Comment