Ads

Thursday, April 20, 2017

अब आकाश खस्यो भनेमात्रै चुनाव रोकिन्छः प्रधानमन्त्री

Posted By: Samsung - 8:19 PM

बैशाख, झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै यदि कुनै कारणले निर्वाचन बिथोलिए त्यसविरुद्ध सिङ्गो देश जुरुक्क उठ्ने बताएका छन् ।
झापाको बिर्तामोडमा बिहीबार आयोजित वाइसीएल र अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘अब कसैले पनि निर्वाचनलाई बिथोल्न सक्दैन, सबै षड्यन्त्रलाई परास्त गर्दै हामी अघि बढ्छौं ।’
यदि कसैले निर्वाचनलाई भाँड्ने किसिमको कार्य गरे उनीहरुलाई सदाका लागि परास्त गर्नुपर्ने अवस्था पनि आउन सक्ने प्रधानमन्त्री दाहालले चेतावनी दिए ।
‘आकाश नै खस्यो या धर्ती नै फाट्यो भने बेग्लै कुरा, नत्र कुनै पनि हालतमा निर्वाचन तोकिएकै मितिमा भएरै छाड्छ’, प्रधानमन्त्रीले सहभागीलाई विश्वस्त पार्दै भने, ‘तपाईंहरु ढुक्क हुनुस्, हामी जसरी पनि तोकिएकै समयमा निर्वाचन गराई छाड्छौं ।’
माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले स्थानीय नेता, कार्यकर्ताहरुलाई विना दुविधा जनताको घरमा जान आग्रह गरे ।
केही दिन अघिमात्रै मुलुकको सुुरक्षाका अधिकारीहरुसँग र निर्वाचन आयोगसँग निर्वाचनका बारेमा छलफल भएको भन्दै प्रचण्डले भने- ‘सुरक्षा निकाय र आयोग दुवै निर्वाचका लागि तयार छन् । सबैतिर एकैसाथ निर्वाचन गर्न आयोगले सक्षम रहेको बताएको छ ।’
जनतामा निर्वाचनको लहर आइसकेको बताउँदै प्रधानमन्त्रीले भने, ‘पूर्वदेखि पश्चिमसम्मकै जनतामा लहर आइसकेको छ, जनता अधिकारसम्पन्न हुन चाहन्छन् । अघि बढ्न चाहन्छन् ।’
मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन मोर्चाकै सहमति अनुसार दोस्रो संशोधन विधेयक संसदमा ल्याएको भोलिपल्टै मोर्चाले अस्वीकार गरेर आन्दोलन घोषणा गरेको भन्दै प्रधानमन्त्री आश्चर्य व्यक्त गरे ।
निर्वाचनको महत्वलाई आत्मसाथ गरेर सहभागी नभए मोर्चाका लागि त्यो ऐतिहासिक भुल हुने उनले बताए ।
मधेसी मोर्चासँग शुक्रबार बिहान फेरि वार्ता राखिएको भन्दै प्रधानमन्त्रीले मोर्चालाई भने, ‘अब अवसर गुम्न नदिनुहोस् ।’
यदि संशोधन विधेयक ल्याउँदा ल्याउँदै पनि मोर्चा निर्वाचनमा जाँदैन भने मोर्चाको आन्दोलन मधेसी जनताका लागि नभएको बुझिने प्रधानमन्त्रीले बताए ।
विधेयकमा प्रदेशको सीमा र संख्या समेतमा सुझाव दिन स्थायी संघीय आयोग बनाउने प्रस्ताव रहेको भन्दै उनले यसबाट मधेसी र जनजातिलाई अघि बढ्न बाटो खोलिने बताए ।

Loading...
Copy

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy