Ads

Monday, April 17, 2017

तपाईंको बच्चाले पनि स्मार्टफोन खेलाइरहन्छ ? सावधान !

Posted By: Samsung - 3:15 AM

यदि तपाइँको बच्चाले स्मार्टफोनमा खेलिरहने लत बसालेको छ भने सतर्क हुनुहोस् । बच्चाको यो आदत उसको निद्राको सत्रु हो ।
वैज्ञानिकहरुको एक शोधमा यो पत्ता लागेको छ की जो बच्चा स्मार्टफोन वा ट्याबलेटमा धेरै समय बिताउँछ त्यस्ता बच्चाहरु अरु बच्चाको तुलनामा कम मात्र निदाउन सक्दछन् 
टचस्क्रिनमा बिताएको हरेक घण्टाले बच्चाको निद्रालाई १५ मिनेट कम गरिदिने शोधकर्ताहरुको भनाई छ ।
यद्यपि टचस्त्रिmनमा खेल्ने बच्चाहरु स्नायु क्षमतामा चाहीँ अन्य बच्चाको तुलनामा अब्बल हुन्छन् ।
विशेषज्ञहरुका अनुसार दिनप्रतिदिन घरमा टचस्क्रिनवाला उपकरणको प्रभाव बढिरहेको छ, तर यसले बालबच्चामा पर्ने असरको बारेमा भने चेतनाको कमी छ ।
लण्डन विश्वविद्यालयको यो शोधमा तिन वर्षभन्दा कम उमेरका बच्चाहरुका ७१५ जना आमाबुवासँग प्रश्न सोधिएको थियो ।
त्यसक्रममा उनीहरुको बच्चा कति समयसम्म स्मार्टफोन वा ट्याबलेट चलाउँछ र कहिले कहिले कति बेरसम्म सुत्दछ भन्ने प्रश्न सोधिएको थियो ।
शोधका क्रममा ७५ प्रतिशत बालबच्चाले दिनहुँ टचस्त्रिmन चलाउने गरेको पाइयो, त्यसरी टचस्त्रिmन चलाउनेमध्ये ५१ प्रतिशत त केवल ६ देखि ११ महिनासम्मका बच्चा रहेका छन् ।
जो बच्चा टचस्त्रिmनमा धेरै समय बिताउँछन् उनीहरु दिनमा धेरै सुत्ने र रातमा कम सुत्ने गरेको पाइएको छ । बच्चाले १ घण्टासम्म टचस्त्रिmनमा बिताएमा उसको निद्रामा १५ मिनेटले कमी आउने शोधकर्ताको निष्कर्ष छ । बीबीसी
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy