Ads

Wednesday, March 15, 2017

प्रचण्डलाई लाग्यो अर्को कडा झड्का, एकैसाथ १८० माओवादी नेता कार्यकर्ताले छाडे साथ

Posted By: Samsung - 7:21 AM

Loading...

सन्धिखर्क, २ चैत । अर्घाखाँची जिल्ला खनदह गाविसमा नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान सहित १८० जना माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
सोमबार भएको उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र का राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य जीवन चौहान, केन्द्रका जिल्ला कमिटी सदस्य फर्सुराम पोख्रेल, पूर्व गाउँ कमिटी अध्यक्ष विष्णुप्रसाद खनाल, पूर्व उपाध्यक्ष कुलप्रसाद खनाल रहेका छन् ।
त्यसैगरी, पूर्व सचिव वसन्ता गौतम, पूर्व गाउँ कमिटी सदस्य नारायण पोख्रेल, मतिलाल खनाल, कमल चौहान, मधुसुदन पोख्रेल, रेमकला विक, इन्दिरा खनाल, सावित्रा खनाल, अनेमसङ्घ क्रान्तिकारी जिल्ला कमिटी सदस्य विमला चौहान, दिपा पोख्रेल, माओवादी केन्द्रका सदस्य दिपनारायण चुदाँली, जिवलाल खनाल, खुबिराम खनाल, टोपलाल गिरीलगायत नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा ९एमाले० जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।
आफ्नो मेहनत र पसिना एमालेमै खर्र्चिएको र आफू आफ्नै पुरानो घरमा फर्किँदा खुसी लागेको साथै मुलुकको आमूल परिवर्तन गर्न नेकपा ९एमाले० मात्रै सक्षम रहेको प्रवेशपछि नेता जीवन चौहानले बताउनुभयो ।
कार्यक्रममा नेकपा ९एमाले० जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले नवप्रवेशीलाई बधाई तथा शुभकामना दिँदै प्रवेशीलाई एमालेमा उचित जिम्मेवारी प्रदान गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
आगामी स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन सबै आफ्नो ठाउँबाट एकजुट भएर लाग्न नेता आचार्यले आग्रह गर्नुभयो ।
.
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy