Ads

Monday, February 20, 2017

दिवान किनारले ल्याए अर्काे मन छुने गित (भिडियो सहित)

Posted By: Samsung - 7:00 AM

Loading...



न्यूजनेपाल २४

तनहुँ । नेपाली साँगितिक क्षेत्रका चर्चित शब्द संकलक तथा संगितकार दिवान किनारले पुनः अर्काे मन छुने गित “ पहिलो माया आफ्नो भएन” बजारमा ल्याएका छन् । मायां पिरतीमा रमाउने युवा युवति विचको प्रेममा आउने उतार–चढावलाई केन्द्रविन्दु बनाएर गित सिर्जना गर्न अब्बल सावित भएका किनारको शब्द संगित तथा एरेञ्जमा सजिएको गित “पहिलो माया आफ्नो भएन”मा पछिल्लो समयका सर्वाधिक चर्चित गायक प्रमोद खरेलले स्वर भरेका छन् ।


शनिबार मात्र सार्वजनिक गरिएको गितको भिडियोमा भने ख्याति प्राप्त मोडल सनम कठायत र भद्रगोलकी रक्षा(रक्षा श्रेष्ठ) को अभिनय रहेको छ । हिम सम्झौता डिजिटल मार्फत बजारमा आएको गितको भिडियोलाई एकिन्द्र सारा शंकरले निर्देशन गरेका हुन् भने वासु बरालले छायाँकन गरेको भिडियोको विष्णु शर्माले सम्पादन गरेका हुन् ।




नेपाली साँगिति क्षेत्रमा लोक विधा तर्फ “झिम झिम सानु नझिम्काउ परेली”, ‘माया भए सानु निधो गर’, ‘भेट भो रोधी घरमा’ तथा सुगम संगित तर्फ ‘ तिमी कस्को हुने होला’, ‘उ अर्कैको बन्नु प¥यो’, “माया एउटासँग विहे एउटासँग” जस्ता वियोगान्त गित सा्रेता दर्शकका लागी सिर्जना गरिसकेका लोकप्रिय सर्जक किनार, यस गित ‘पहिलो माया आफ्नो भएन’ मार्फत पुन स्रोता दर्शकको मनमा बस्न सफल हुने अपेक्षा गरिएको छ ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy