Loading...
सन्तोषी श्रेष्ठ
फागुन ९, तनहुँ । तनहुँ नेवा:खल: एवं मिसा दवु:को दोश्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सोमबार भिमसेन स्थान दमौलीमा सम्पन्न भएको छ।तनहुँ नेवा खलका अध्यक्ष डिल बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिभिन्न उपसमितीहरु गठन गरेको छ।नेवा जातिको पहिचान,सस्कृति र परम्परागत रितिरिवाजको संरक्षण र सम्बर्द्धनको लागी तनहुँको बिभिन्न क्षेत्रलाइ समेटि कार्य क्षेत्र विभाजन गर्दै उपसमितीहरु गठन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
बैठकमा संस्थाका सल्लाहकार एवं संस्थापक अध्यक्ष शंकर नारायण श्रेष्ठले तनहुँ नेवा खलको पृष्ठभुमि बारे बताउँदै परापुर्वक कालदेखी गुठिको रुपमा संगठित हुन सिकाउने नै नेवार समुदाय भएकाले आफ्नो जातिय एकता र पहिचानको लागी अग्रसर भएर लाग्नु पर्ने बताउनु भएको थियो।
गठित उपसमितिहरुमा आर्थिक उपसमितिमा ज्ञान नारायण श्रेष्ठको संयोजकत्वमा किसान प्रधान,तुलसी श्रेष्ठ ,हिउँवाला प्रधान,शर्मिला श्रेष्ठ ,सपना श्रेष्ठ,भिमलाल श्रेष्ठ,पुजन श्रेष्ठ,जिवन श्रेष्ठ सास्कृतिक उपसमितिमा क्या.तारा मल्लको संयोजकत्वमा राम मल्ल,समुन्द्रराम श्रेष्ठ,प्रेम श्रेष्ठ ,शकर कुमार श्रेष्ठ ,पुर्ण बहादुर श्रेष्ठ,क्या.सन्तलाल श्रेष्ठ,रामलाल श्रेष्ठ भाषा उपसमितिमा क्या.सुर्यकुमार मल्लको संयोजकत्वमा काजिमान श्रेष्ठ,खिमलाल श्रेष्ठ,दुर्गालाल श्रेष्ठ ,आनन्द सुन्दर श्रेष्ठ,कल्पना श्रेष्ठ ,सिता श्रेष्ठ ,ध्रुव मल्ल सुचना तथा प्रचारप्रसार उपसमितिमा अनिल श्रेष्ठको संयोजकत्वमा सन्तोषी श्रेष्ठ,योगीता श्रेष्ठ,पुर्ण कुमार श्रेष्ठ ,ताराराम श्रेष्ठ,जिवनकुमार श्रेष्ठ,बसन्ता श्रेष्ठ,सागर मल्ल,श्रीप्रसाद श्रेष्ठ,सुमन श्रेष्ठ खल पुच सम्बध गठन पुनर्गठनमा हरिकुमार श्रेष्ठ,क्या.सन्तलाल श्रेष्ठ,मिन बहादुर श्रेष्ठ,दिपक श्रेष्ठ,सुरेन्द्र श्रेष्ठ ,दल नारायण श्रेष्ठ ,बिष्णुमाया श्रेष्ठ चयन हुनुभएको छ।
संस्थाका सचिब क्या.तारालाल मल्लले संचालन गर्नु भएको बैठकमा उपस्थित सल्लाहार तारा प्रसाद श्रेष्ठ ,श्याम कृष्ण मल्ल,ईश्वर गोपाल प्रधान,शंकर कुमार श्रेष्ठ लगायतले तनहुँ जिल्लाको नेवार जातिको मौलिक भेषभुषा भाषा संस्कृती र रितिरिवाजलाइ पालना गर्दै संरक्षण र सम्बर्द्धनमा आ आफ्नो ठाउँ बाट लागी पर्नु पर्ने बताएका थिए।
Loading...
Loading...


0 comments:
Post a Comment