Ads

Tuesday, January 17, 2017

प्रचण्ड र यूएर्इका प्रधानमन्त्रीबीच भेट, अमर बमलाई आममाफी दिन आग्रह

Posted By: Samsung - 6:22 AM

४ माघ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त अरब इमिरेट्स (यूएर्इ)का प्रधानमन्त्री मोहमद बिन रसिद अल मक्तोमसँग भेटवार्ता गरेका छन् ।


मंगलबार दिउँसो नेपाल फर्कनु अघि दुवईमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र मक्तोमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले साउदीको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफी सहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

जवाफमा प्रधानमन्त्री मक्तोमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक दृष्टिले उच्च चुचुरो (सगरमाथा) को देश भएको र युएई मानव निर्मित ठूला टावरहरुको देश भएकोले नेपाल दुई उच्च टावरलाई जोडेर आपसी हित र मित्रतालाई थप बलियो बनाउन चाहेको बताए । उनले भने, ‘नेपालमा सगरमाथा जस्ता प्राकृतिक दृष्टिले उच्च टावरहरु छन्, तपाईहरुले विश्वमै सबैभन्दा उच्च मानव निर्मित् टावर बनाएर देखाउनु भएको छ । यो विश्वकै लागि उदाहरणीय छ । दुई ठूला टावरको बीचमा राम्रो कनेक्सन भयो भने दुई देशकै लागि महत्वपूर्ण उपलब्धि हुन सक्छ, यसमा नेपाल युएईसँग सहकार्य गर्न चाहन्छ ।’

प्रधानमन्त्री प्रचण्डले जलविद्युतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुका साथै युएईमा कार्यरत नेपाली कामदारहरुले भोगेका समस्याबारे पिन उपराष्ट्रपतिको ध्यानाकर्षण गराए ।

युएईका प्रधानमन्त्री मक्तोमले नेपालीहरु विश्वमै सबैभन्दा सोझा र इमान्दार भएको भन्दै नेपालको विकासमा लगानी गर्न र नेपाली कामदारहरुका समस्या समाधान गर्न युएई सरकारले थप पहल र सुधार गर्ने बताए ।

दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई पुगेका प्रधानमन्त्री प्रचण्ड मंगलबार नै स्वदेश फर्किएका छन् ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy