Ads

Tuesday, January 17, 2017

स्थानीय तह पुनर्संचना नसच्याए आन्दोलन गर्ने माओवादी सांसदको चेतावनी

Posted By: Samsung - 6:10 AM

४ माघ, सप्तरी । सत्तारुढ नेकपा माओवादी केन्द्रका दुई सांसदले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । उनीहरुले सप्तरी जिल्लामा गरिएको पुनर्संरचना नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद मानपुर चौधरी र २ नम्बर क्षेत्रबाट निर्वाचित अशोक मण्डल ‘अमर’ ले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आयोगले जिल्लाको वस्तुस्थिति नबुझी काठमाडौंमा बसेर प्रतिवेदन बनाएको बताए ।

‘जहाँ जुन ठाउँलाई मन लाग्यो काटेर गाउँ र नगरपालिका बनाइएको छ’ सांसद मण्डलले भने, ‘आफ्नै मनले तयार गरिएको पुनर्संरचना मान्ने कुनै आधार छैन् ।’

‘स्थानीय तह पुनर्संरचनाको नक्शा, डिजाइन अवैधानिक, अव्यबहारिक र गैरराजनीतिक छ’ उनले भने, ‘जनसंख्यालाई आधार मानेर भूगोलविद्, जनसंख्याविद् र अर्थविद्लाई राखेर स्थानीय तह पुनर्संरचना गर्नु जरुरी छ ।’

क्षेत्र नम्बर १ का सांसद मानपुर चौधरीले टाँसिएरै रहेको तीन गाविसलाई तीन तिर काटेर आयोगले अन्याय गरेको बताए । ‘सप्तरीको कल्याणपुर, मैन्हासहस्रबाहु र इनर्वा फुलबडिया टाँसिएकै गाविस हो’ उनले भने, ‘तर यी तीन गाविसलाई तीनतिर मिलाएर अवैधानिक तरिकाले स्थानिय तह पुर्नसंरचना गरिएको छ ।’
सबैभन्दा बढी गाविस र १७ वटा इलाका रहेको सप्तरी जिल्लामा इलाकालाई नै आधार मानिए १७ वटा स्थानीय तह बन्नुपर्ने बताउँदै उनले बर्तमान स्थानीय तह पुनर्संरचनाप्रति आफ्नो यसमा घोर आपत्ति रहेको बताए

इन्द्रेणी होटलमा भयो बैठक
सांसद चौधरीले आफू गृह जिल्ला सप्तरी आइरहँदा पुनर्संरचना आयोगबाट बैठकका लागि फोन आएको बताए । ‘सांसदज्यू तपाईंलाई स्थानीय तह पुनर्संरचना को बैठकमा आउनुपर्छ भन्दै फोन आएको भन्दै चौधरीले भने, ‘आफूले कुन ठाउँमा बैठक छ ? भनेर सोध्दा इन्द्रेणी होटल भनेर जवाफ आयो ।’
सप्तरीमै बस्नुपर्छ भनेर आफूले भनेको तर, नमानेर आफ्नै तरिकाले बैठक गरेको चौधरीको आरोप छ । ‘सप्तरीको स्थानीय तह बनाउने हो भने सप्तरीमै बैठक बस्नुपर्छ’ उनले भने, ‘जिल्लामा बैठकको आयोजना गरी तह नबनाइए कुनै पनि हालतमा मान्दैनौं ।’

कांग्रेस सांसद भन्छन्-असमतिका वावजुद चुनावमा जान्छौं
पत्रकार सम्मेलन सकिएलगत्तै माओवादी सांसद मानपुर चौधरीले कांग्रेस सांसद तेजुलाल चौधरीलाई फोन गरी मैले त बिरोध गरेँ, तपाईं के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।
सप्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका तेजुलालले भने, ‘म पनि यसको बिरोध गर्छु । सप्तरीमा गरिएको स्थानीय तह पुनर्संरचना परिवर्तन गर्नुपर्छ ।’
यद्यपी फोनमै संचारकर्मीहरुले यो परिवर्तन नगरिए चुनावमा जानुहुन्छ कि जानुहुन्न भनेर प्रश्न गर्दा सांसद तेजुलालले भने, ‘चुनावमा त जानुपर्‍यो । असहमति राख्दै चुनावमा जान्छौं ।’
जिल्लाका अन्य सांसदहरुले गर्ने आन्दोलनमा आफूले पनि सहभागिता जनाउने उनले बताए ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy