Ads

Tuesday, January 17, 2017

केन्यासँगको खेलका लागि नेपालले थाल्यो तयारी, ५२ क्रिकेटर छनोट

Posted By: Samsung - 6:30 AM

४ माघ, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलका लागि नेपालले तयारी थालेको छ ।

यसका लागि बिहीबारदेखि सुपर लिग खेलाइने भएको छ । ११ गतेसम्म खेलाइने सुपर लिगका लागि ५२ खेलाडी छनोट गरिएको छ ।


राष्ट्रिय खेलकुद प्रतियोगितासहित पछिल्लो एक वर्षमा गरेको प्रदर्शनका आधारमा ५२ खेलाडी छनोट गरिएको हो । उनीहरुलाई चार समूहमा विभाजन गरिनेछ र प्रत्येक टीमले ३-३ खेल खेल्नेछन् ।

केन्याले भने केही साता अघि नै तयारी थालिसकेको छ ।

नेपाल र केन्याबीच आगामी जुनभित्र खेल हुनेछ । र, सम्भवत यो दुई खेल नेपालले आफ्नो घरेलु मैदानमा नै खेल्नेछ ।

लिगमा ८ खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ भने ८ अंक जोडेको केन्या पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको पपुवा न्यूगिनीको १२ अंक छ । शीर्ष चारमा परेर २०१८ मा हुने विश्वकप छनोट खेल्ने हो भने नेपालका लागि बाँकी खेल जित्नै पर्ने दबाव छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy