Ads

Friday, January 20, 2017

निर्वाचन मिति छिटो घोषणा गर्न सांसदहरुको माग

Posted By: Samsung - 3:08 AM

७ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्न सांसदहरुले माग गरेका छन् । शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले तिनै तहको निर्वाचन छिटोभन्दा छिटो हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह वा निकाय जुनसुकै संरचनामा भए पनि निर्वाचन गराउन माग गरे । संविधान संशोधन प्रस्तावसँगै निर्वाचनको वातावरणमा मुलुकलाई केन्दि्रत गराउनुपर्नेमा जोड दिँदै पौडेलले भने, ‘स्थानीय निर्वाचन नगरी सुरुमा केन्द्रीय निर्वाचन गर्ने कुरा हुन सक्दैन । स्थानीय, प्रदेशको निर्वाचन गरेर केन्द्रीय निर्वाचन गर्नुपर्छ ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...

नेकपा एमालेका भीम रावलले चाँडो निर्वाचनको मिति तोक्न माग गरे । सरकारले मन्त्री पद र संविधान संशोधनलाई साटासाट गरेको आरोप लगाउँदै उनले निर्वाचन घोषणा नहुनु र ‘राष्ट्रियताका प्रतिकूल गतिविधि’ हुनाका कारणबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङ, राष्ट्रिय जनमोर्चाका मीना पुनलगायतले स्थानीय निकाय नहुँदा जनता समस्यामा परेकाले छिटोभन्दा छिटो निर्वाचन हुनुपर्ने माग गरे ।
Loading...
Copy

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy