Ads

Friday, January 20, 2017

संविधान संशोधनमा समर्थन गर्छु भनेर कबुल गरेको छैनः मन्त्री खड्का

Posted By: Samsung - 3:05 AM

७ माघ, काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले संविधान संशोधन गर्छु भनेर आफूले प्रधानमन्त्रीसँग कबुल नगरेको बताएका छन् । आफूले पनि मन्त्री बनाइदिनुपर्‍यो भनेर कसैसँग नभनेको उनले दाबी गरे ।
शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्रीले मलाई केही भन्नु भएको पनि छैन, मैले पनि मलाई मन्त्री बनाइदिनुपर्‍यो भनेर कसैसँग भनेको छैन, संशोधन प्रस्ताव पारित गराउनको लागि हामीलाई मन्त्री बनाइएको हो भनेर यहाँ अनुमानका वायुपंखी उडाउने काम भयो, अब अनुमानको कुरा गर्नेसँग मेरो भन्नु केही पनि छैन ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...

मन्त्री खड्काले संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरुमा आफूले संशोधन हालेको उल्लेख गर्दै भने, ‘यो संविधानमा सबैभन्दा धेरै संशोधन हाल्ने भनेको मै हुँ, संविधान संशोधन गर्नुपर्छ भनेर मैले अधिकांश बुँदाहरु संशोधन प्रस्ताव हालेको छु, मैले हिमाल, पहाड र मधेसलाई जोड्नुपर्छ भन्दा मेरो विरुद्धमा बोल्दा म कानको डाक्टरसँग जानुपर्‍यो ।’
उनले संविधान कार्यान्वयन लगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचना अनुसार प्रमुख दलहरु मिलेर जानुको विकल्प नभएको बताए । उनले भने, ‘प्रमुख दलहरु एकताबद्ध हुनुपर्छ, धु्रविकरण भएर अघि बढ्दा समस्याको समाधान हुन सक्दैन ।’
उनले थोरै समयमा धेरै महत्वपूर्ण काम गर्ने दाबी समेत गरे । आफूले नेतृत्व गरेको मन्त्रालय विकासका परियोजनासँग नजोडिएको भएपनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि महत्वपूर्ण भएको उनले उल्लेख गरे ।
‘८० प्रतिशत जनताको दायित्व बोकेको मन्त्रालय हो, समय कम छ, तर म काम गर्न तयार छु,’ उनले भने ।
मन्त्री खड्काले महिला हिंसा लगायतका घटनाहरु नेपालमा धेरै भएकोले यसको लागि तत्काल उद्धार टिम निर्माण, जेष्ठ नागरिकहरुलाई समय व्यतित गर्नको लागि प्रत्येक टोलमा एक केन्द्र गठन गर्ने, सडक बालबालिकाहरुको लागि काम गर्ने लगायतका आफ्ना योजनाहरु रहेको र यसमा केही राम्रो काम प्रारम्भ गर्नसकेमात्रै पनि ठूलो उपलब्धी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन भन्दा पनि कार्यान्वयन अहिलेको आवश्यकता भएको बताए । उनले भने, ‘संविधान कार्यान्वयन नै अहिलेको आवश्यकता हो, कार्यान्वयन गर्दै जाँदा जटिलता आयो भने संशोधन गर्न सकिन्छ ।’

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy