Ads

Friday, January 20, 2017

सीके राउतले सभा गर्दा सरकार रमिते बन्योः भीम रावल

Posted By: Samsung - 3:01 AM

७ माघ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय एकता र स्वाधिनतामाथि प्रहार गर्नेहरुलाई सरकारले नै प्रश्रय दिएको आरोप लगाएको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भीम रावलले प्रधानमन्त्री सत्ता लब्याउने खेलमा मात्र लागेको आरोप लगाए ।
रावलले भने, ‘हालै सीके राउत लगायतले स्वतन्त्र मधेस राष्ट्र भनेर अभियान चलाउँदा र खुला सभा गर्दा यो सरकार रमिते बनेको छ ।’
पूर्व रक्षा तथा गृहमन्त्री समेत रहेका रावलले संसदमा पटना बैठकको पनि जिकिर गरे ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...

त्यसबारे राष्ट्रपति निवासमा शीर्ष नेताहरुलाई जानकारी गराउँदा प्रधानमन्त्रीले यथार्थ विवरण जानकारी गराउनुको साटो हल्ला ढंगले लिएको र राजनीतिक दाउपेजका रुपमा प्रयोग गर्न खोजेको उनको आरोप छ ।
राष्ट्रिय सुरक्षालाई कमजोर पर्ने प्रयास भएको भन्दै उनले भने, ‘मैले उक्त विषयलाई भरपर्दो जानकारीका आधारमा प्रधानमन्त्री र शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको हुँ ।’
उनले यसबारे छलफल गर्न सुरक्षा निकायका प्रमुख र प्रमुख प्रतिपक्षी दलसहितको बैठक राख्न समेत माग गरेका छन् ।
आफूले उठाएका विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने एमाले नेता रावलको माग छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy