अशोक विश्वकर्मा
तनहुँ । शुक्लागण्डकी नगरपालिका भित्र सञ्चालनमा रहेको विभिन्न सामाजिक संघ संस्थाहरुले जनहितमा प्रभावकारी काम नगरेको भन्दै आईतबार शुक्लगण्डकी नागरिक समाजले ती संघसंस्थालाई सचेत बनाउने उदेश्य सहित पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
पत्रकार सम्मेलनमा नागरिक समाजका अध्यक्ष खेमराज खनालले शुक्लागण्डकी नगरपालिका भित्र सञ्चालनमा रहेको जि.पि. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, जेष्ठ नागरिक सेवा केन्द्र झरौटा, भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा, स्थानिय श्रृङ्गा बस ब्यवसायी समिति, ईलाका प्रहरी कार्यालय बेलचौतारा, सामुदायिक तथा निजि विद्यालयहरु, उद्योग कलकारखाना र शुक्लागण्डकी नगरपालिकाले जनतालाई राहत भन्दा पनि आहात बढि दिएको बताउदै सञ्चार माध्यमहरुको पहलमा जागरुक बनाउन पर्ने बताए ।
आफु अध्यक्ष भए पछि जनस्तरबाट प्राप्त गरेको गुनासोहरुलाई समेटी कार्य पत्र प्रस्तुत गरेका खनालले सवै भन्दा धेरै गुनासो शुक्लागण्डकी नगरपालिका प्रति भएको जानकारी समेत दिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख भए अनुसार नगरपालिकाले नगरभित्रका सम्पूर्ण संघ संस्थाको स्वामित्व ग्रहण नगरेकै कारण अन्य संघ संस्थामा बेथिति मौलाएको बताइएको छ । नगरपालिकाले सेवाग्राहीलाई समयमै उपयुक्त सेवा दिन ढिलाई गर्नुका साथै नगरभित्रका अब्यवस्थित नगरबासीलाई ब्यवस्थित गर्न पहल नगरेको र बृद्ध÷बृद्धा एवं अपाङ्गता भएकाहरुले राज्य स्तरबाट पाउने सामाजिक सुरक्षा भत्तालाई सरलीकरण गर्न नसक्दा जनताले आहातको महशुस गरेका हुन् ।
कार्यक्रममा उपस्थित भएका पत्रकारहरु सँगै नागरिक अगुवाहरुले अन्य समसायिक समस्याहरुको समाधानका लागी अन्तक्रिया समेत गरिएको थियो । शुक्लागण्डकी नागरिक समाजको भवन बेलचौतारामा सम्पन्न भएको भएको कार्यक्रम सचिव बाबुराम बस्नेतले सञ्चालन, स्वागत कार्यक्रम संयोजक अम्विका घिमिरे र धन्यवाद संस्थापक अध्यक्ष विजयराज पौडेलले ज्ञापन गरे ।


0 comments:
Post a Comment