Ads

Sunday, December 25, 2016

प्रचण्ड खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन्ः ओली

Posted By: Samsung - 3:03 AM

१० पुस, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचनका लागि सिन्कोसम्म नभाँचेको भन्दै प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरेका छन् ।
विपक्षी ९ दलले आइतबार सिंहदवारमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन् । एक थान हेलिकोप्टरमा एउटा झुण्ड बोक्यो, जहाँ भेट्यो त्यही कैंची चलायो ।’
माओवादी सशस्त्र विद्रोहलाई ‘असफल वितण्डा’ भन्दै ओलीले त्यसको जयजयकार गर्न प्रधानमन्त्रीले राज्यकोष खर्चिएको आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्डले शनिबार रोल्पा पुगेर ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्राहलय’को उदघाटन गरेका थिए ।

Source : onlinekhabar

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy