Ads

Sunday, December 25, 2016

जनप्रदर्शनका लागि एमालेको तयारी, अपिल घर-घरमा पुर्याइने

Posted By: Samsung - 2:55 AM

१० पुस, काठमाडौं । नेकपा एमालेले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ ।
एमालेको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज सो पार्टीको प्रचार तथा प्रकाशन विभागले जनसङ्गठनको भेला आयोजना गरेको थियो । सो दिन भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थन तथा हाल संसद्मा दर्ता भएको संशोधन प्रस्तावको विरोध गरिने छ ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले संशोधनको प्रस्ताव संविधान र राष्ट्रहित विपरीत भएको विचार व्यक्त गर्दै संसद् र सडकमा निरन्तर आवाज उठाउनुपरेको बताए ।
अर्का सचिव तथा विभागका प्रमुख योगेश भट्टराईले पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिएको जानकारी दिनुभयो ।
विरोधसभाको प्रचारका लागि मोटरसाइकल र्याली र कोणसभा पनि गरिने छ । त्यस्तै (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षको हस्ताक्षर भएको अपिल घर/घरमा पुर्याउने योजना बनाइएको विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
Source : onlinekhabar
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy