Ads

Friday, December 16, 2016

तनहुँकी सुजना ‘पल्सर डेयरभेन्चर’को टप टेन मा

Posted By: Samsung - 2:05 AM
सन्तोषी श्रेष्ठ, पुस १, तनहुँ । तनहुँ बिमलनगरकी प्रोफेसनल लेडि स्टन्ट राइडर सुजना श्रेष्ठ बजाज कंपनीले आयोजना गरेको कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार ९:३० बजे देखि १०:३० बजे सम्म प्रशारण हुने रियालिटी शो  "Pulsar Dare Venture" को उत्कृष्ट १० मा पर्न सफल भएकी छिन। उनी देश भरीका हजारौं राइडरहरु संगै कडा प्रतिस्पर्धा गर्दै उक्त स्थान प्राप्त गर्न सफल भएकी हुन। तनहुँकि साहसि श्रेष्ठले उपाधी जितेर तनहुँ जिल्लाको गौरव बढाउदै आफू सबै माझ सफल साहसिक नारीको रुपमा देश भर चिनिन चाहेको बताइन।तनहुँको बिमलनगरमा बुवा लाल कुमार श्रेष्ठ आमा कृष्ण कुमारी श्रेष्ठको कोखबाट जन्म लिएकि सुजनाले बिमलनगरमै आफनो बाल्यकाल बिताइन। बिमलनगरमा नै उनको परिवारले हेलेन एन्ड रक्की ल्यान्ड रेस्टुरेन्ट ब्यवसाय गर्दछन् ।उनका बुवा समाजसेबी  बिमलनगरको सिद्द गुफा ब्यबस्थापन समितिका संस्थापक अध्यक्ष पनि हुन। उनको एक दिदी भाइ छ्न




२०६७ सालमा मनास्लु इंगलिस बोर्डिङ स्कुलबाट माध्यमिक तह उतिर्ण गरेकि उनि अहिले सिकेबिकेमा ब्याच्लर थर्ड एयरमा अध्यनरत छिन। हसिली अनि मिजासिलो स्वभाबकी उनी बाल्यकाल सम्झदै भन्छिन सानोमा सारै एनोसेन्ट थिए रे ऐले स्कुलका साथीहरुले नै अच्चम्म मान्छ्न कि स्टन्ट राइडर बने भन्दा। तर उनी सानै देखि यो क्षेत्रमा रुचि राख्थिन उनको अदभूत साहस, आफ्नो लक्ष्य प्रतिको कडा मेहनत, साधना, आत्मबिश्वाश बुवाको प्रेरणाले नै आफूले उक्त स्थान बनाउन सकेको बताउछिन।

उनी सम्झिन्छिन –'मलाइ बुवाले तिमि हाम्रा लागि छोरी हैनौ छोरा हौ भन्नू हुन्थ्यो। मैले कक्षा पढ्दा देखि नै बुवाको बाइक चलाउन थालेकी थिए।उहाँले दिदिलाइ सिकाउनु भएको थियो दिदिले फेरि मलाइ सिकाउनुभयो। एकपटक सिकाउदा नै मैले चलाउन जानेकी थिए त्यो समयमा एक् पटक पनि लडिन, निर्धक्क चलाउथे।' बुवा  दिदिको सधै हौसला साथ थियो।उनी अहिले प्रोफेसनल स्टन्ड राइडर बनी सकेकी छिन। उनको स्टन्ड शो को भिडियो सुरु देखिनै युटुबमा पनि चर्चामा छ।

बाइक वा स्कुटी लाई आफ्नो नियन्त्रणमा राख्दै  कलात्मक खेल प्रदर्शन गर्नु नै स्टन्ट हो नेपालकै पहिलो लेडि स्टन्ट राइडर भने सुवानी थापा हुन।उनी जस्तै स्टन्ट राइडरहरुको संख्यामा अहिले सुजनाको पनि नाम थपिसकिएको छ। सुजना व्हिली, स्टोम्पी, बुर्नवाउट, साइड स्केच, कम्पास, सिट स्ट्यान्ड, सुसाइड बुर्नआउट, रकेट बोउर्नाउट, लेजिबोइ जस्ता स्टन्ट शो गर्नमा पोख्त छिन। उनि जति शाहसिक छिन त्यति नै सुन्दरी छिन उनि २०७२ साउन १६  गते भएको पहिलो मिस तनहुँको उपाधि बिजेता पनि हुन उनको सानै देखि उत्कृष्ट स्टन्ट राइडर बन्नेर ख्याती कमाउने सपना थियो। उनी आफ्नो प्रतिभा प्रस्तुत गरेर सर्बत्र चर्चामा आउन पहिले देखि नै चाहन्थिन। तर  उनले आफू जस्ता राइडरहरुको प्रतिभालाइ कदर गर्ने कार्यक्रम 'डेयर भेन्चर' प्रतियोगिताको पहिलो सिजनको बारेमा भने प्रतियोगीता सकिए पश्चात् मात्र थाहा पाइन। उनले भनिनसिजन को लागि बर्ष कुरे यो अवधीमा धेरै मेहनत गरे मेहनत प्रतीक्षाको फल मीठो हुन्छ भन्थे हो रहेछ।उनको प्रगतिमा उनको परिवार साथीहरु सबै खुशी छ्न गौरव गर्दछ्न तर उनको आमाले भने उनले स्टन्ट शो नगरे हुन्थ्यो भन्छिन। सायद छोरीको मायाले होला कतै चोटपटक पो लागि हाल्छ्की भनेर। तर पनि साहसी सुजना आफ्नो कार्य प्रती कुशल आत्मबिश्वाशी निडर अनि स्वाबलम्बी पनि छिन।उनले आफ्नो लागी स्कुटी मेन्टिनेन्सको खर्चहरु आफैले ब्यबसायिक स्टन्ट शो मार्फत जुटाउछिन।

'पल्सर डेयर भेन्चर' प्रतियोगिताको दोश्रो सिजन अन्तर्गत पहिलो चरणको अडिसन पछि विभिन्न  चरणहरु फिजिकल, अब्स्ट्याकल, मेडिकल, एचिट्युट टेस्ट पार गर्दै उनी उत्कृष्ट १० मा परेकी हुन। उनी अहिले उपाधी लागि भिड्दै छिन।उनले अहिले तनहुँको विभिन्न ठाउमा लाइभ स्टन्ट गर्दै आफ्नो कला सबै माझ प्रस्तुत गर्न थालेकी छिन। उनको अदभूत स्टन्ट देखेर जो कोहि दर्शक पनि चकित हुने गर्दछन्। उन्को कला साहस कडा मेहनतको प्रसंशा गर्दै प्रभाबित हुने प्रशंसकहरु धेरै छ्न।उनी भन्छिनझनै धेरै फ्यानहरु बढेको छ। धेरै खुशी लाग्छ उहाँहरुको साथ हौसलाले अझ राम्रो गर्ने अगाडि बढ्ने प्रेरणा मिलेको छ।साच्चै नै यो प्रतियोगिताले मेरो सपना पूरा गरेको एउटा चर्चित उत्कृष्ट राइडर बन्ने।


उपाधीको लागी आफुले कडा मेहनत गरेको बताउदै आफ्नो मेहनत सङ्सगै दर्शक सुभचिन्तकको पनि अत्याधिक एस एम एस फेसबुक भोटको आवश्यकता पर्ने हुँदा सबै माझ उनले आफुलाइ भोट गरेर सहयोग हौसला प्रदान गर्न अपिल गरेकी छिन। उनलाइ भोट गर्न एसएमएस मार्फत मोबाइलको म्यासेज बक्समा गइ PDV टाइप गरि एक स्पेस दिएर sujana लेखेर 33131 मा पठाउनु पठाउनु पर्ने हुन्छ ।एउटा मोबाइल मार्फत एउटा भोट मात्र मान्य हुने जनवरी तारिक सम्म भोट गर्न सकिने बताइएको छ। साथै फेसबुक भोटको लागि एगकिबच Pulsar Nepal को अफिसियल फेसबुक पेजमा रहेको उनको प्रतियोगी तस्बिरमा लाइक गरेर भोट गर्न सकिन्छ। प्रतियोगीतामा बिजेता हुनेले रु १० लाखको साथमा पल्सर बाइक पुरस्कार पाउनेछ्न। जितको लागि सुजनालाइ सफलताको धेरै धेरै शुभकामना Û


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy