Ads

Saturday, December 17, 2016

कालीकोटमा कुपोषण भयावह समस्या (भिडियो सहित)

Posted By: Samsung - 2:00 AM

२ पुस, काठमाडौं । नेपाली युवाको स्वयंसेवी अभियान ‘बेटर नेपाल’ले कालीकोटको कुपोषणग्रस्त राकु गाविसमा यसै हप्ता स्वास्थ शिविर र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
अभियानले औषधि, खाद्यान्न र लुगाकपडासहित उक्त दुर्गम भेगमा स्वास्थशिविर गरेको हो । काठमाडौँ र नेपालगन्जबाट अभियानका सहसंयोजक रवीन खतिवडाको नेतृत्वमा राहत सामग्री लिएर कालीकोट पुगेको उक्त समूहमा चिकित्साशास्त्रका विद्यार्थी तथा अभियानकर्मी सन्तोषसिंह थापा, कुबेर सोडारी र अनिल खतिवडा सामेल थिए ।
स्थानीय स्वास्थ्यचौकीका अहेवको रोहबरमा सम्पन्न उक्त शिविरमा दुई सय ५० गाउँलेको स्वास्थ परीक्षण गरिनाका साथै करिब ४० परिवारलाई खाद्यान्न र लुगाफाटा वितरण गरिएको थापाले बताए ।
उनका अनुसार सो ठाउँमा कुपोषण एक भयावह समस्याका रूपमा रहेको तथा दम, पायल्स, छाला रोग, महिलाको तल्लो पेट दुख्ने आदि समस्या गम्भीर छ । जनचेतनाको कमी हुनु, छोराको आसमा छोरी जन्माइरहनु, अत्यधिक धूमपान गर्नु आदि ती समस्याको जड भएको पाइएको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...


कालीकोटमा व्याप्त कुपोषण र स्वास्थ्यका अन्य समस्याको स्थायी समाधानका लागि ‘मिसन बेटर कालीकोट’ कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सहसंयोजक खतिवडाले अब पटक पटक कालीकोट गई अझ ठूलो परिमाणमा राहत सामग्री वितरण गरिने जानकारी दिए ।
शिविर सम्पन्न गरेर काठमाडौँ फर्कने क्रममा समूहले सुर्खेतको वीरेन्द्रनगर तथा दाङ्को तुलसीपुरमा पनि जनचेतनामूलक शिविर र युवाबीच परामर्शका कार्यक्रम सम्पन्न गरेको छ ।
Source : Onlinekhabar

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy