Ads

Thursday, December 15, 2016

कसैले चाहेर पनि संघीयता उल्टाउन सक्दैनः प्रचण्ड

Posted By: Samsung - 10:08 PM

१ पुस, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले चाहेर संघीयता उल्टाउन नसक्ने बताएका छन् । साथै उनले संविधान संशोधन प्रस्ताव फिर्ता वा थाती राख्ने प्रस्ताव अस्वीकार्य भएको बताए ।
शुक्रबार प्रेस सेन्टर नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘संघीयता उल्टाउने प्रयत्न भएको पनि छ । तर, संघीयताको सम्बन्ध गणतन्त्र, समावेशिताजस्ता परिवर्तनका मुद्दाहरुसँग अन्तरसम्बन्धित छ । यसलाई कसैले चाहेर मात्र उल्टाउन सक्दैन ।’
उनले अघि भने, ‘यसले देशलाई निकास दिँदैन, झन् ठूलो द्वन्द्व र ध्रुवीकरणतिर मुलूक जान्छ ।’
प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन विधेयकमा कुनै पनि दलले बिमति राख्नुपर्ने कुनै कारण नभएको समेत बताए । उनले भने, ‘अहिलेको प्रस्ताव विगतमा प्रतिपक्षी दलले नै अघि सारेको प्रस्ताव हो । यसमा विगतमा सबै दलहरु सहमत थिए, अहिले त्यहीँ प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन ।’
यसले राष्ट्रिय हित र एकतामा कुनै आँच नआउने भन्दै उनले सरकारले सहमतिमै राष्ट्रिय संकटको समाधान चाहेको बताए । केहीलाई संशोधन प्रस्ताव फिर्ता हुन्छ कि भन्ने आशंका रहेको भन्दै उनले भने, ‘संशोधन प्रस्ताव फिर्ता हुँदैन र रोकिँदैन पनि । तर, सहमतिमा संसदीय प्रक्रियाबाट यसलाई परिमार्जन गर्न सकिन्छ ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

‘स्थानीय निकायको निर्वाचन हुनै सक्दैन’
सरकार स्थानीय तहको निर्वाचनकै पक्षमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थानीय निकायको निर्वाचन हुनै सक्दैन । हुने स्थानीय तहको निर्वाचन नै हो । तर, संक्रमणकालीन व्यवस्थामा अहिलेकै स्थानीय निकायलाई स्थानीय तहमा बदलेर निर्वाचन गर्ने तर्क पनि आएको छ । कुनै निष्कर्षमा पुगिएको छैन ।’
सरकार बैशाखसम्म स्थानीय तहको निर्वाचन गर्ने तयारीमा रहेको भन्दै उनले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे ।
उनले भने, ‘अब मुलुक निर्वाचनमा जान्छ । कतिपय साथीहरुले पहिले संघीय निर्वाचन भन्ने पनि सुन्दैछु । यसले समस्या समाधान गर्दैन । पहिले स्थानीय तहकै चुनाव हुन्छ, यसको विकल्प सोच्न सकिँदैन ।’

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy