Loading...
Loading...
बिनोद ढुंगाना
मंसिर २०, दुलेगौडा ।लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीले विद्यालयलाई सेतोपाटी हस्तान्तरण गरेको छ । अन्तराष्ट्रिय लियो दिवसको अवसर पारि क्लबले आज शुक्लागण्डकी नगरपलिका १३ साउनेडाँडामा रहेको श्री बाराही प्रा.बी लाई क्लबले सेतोपाटी हस्तानतरण गरेको हो ।
क्लबले तीन वटा बिकासका लागी साझेदारी तनहुँ र नयाँ अभियान कृषि शहकारी संस्थाले एक एक वटा गरि ५ वटा सेतापाटी हस्तानतरण गरिएको हो ।
प्रमुख अतिथि दोरफिर्दी गा.बि.स.का पुर्व अध्यक्ष एवंम समाजसेवी श्यामराजा महतले विद्यालयकी प्रधानध्यापक सिता भट्टराईलाई सेतोपाटी प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै महतले अहिले सेतोपाटी वितरण गरेकोे क्लबले आगामी दिनमा भवन वितरण गर्न सक्ने बताउँदै हरेक काम सिस्टमबाट गर्नुपर्नेमा उहाँको जोड थियो ।
विद्यालयकी प्रधानध्यापक सिता भट्टराईले विद्यालयले सेतोपाटी किन्न सक्ने अवस्था नभएको र लियोले गरेको सेतोपाटी सहयोग प्रति आभार प्रकट गर्नुभयो ।
विद्यालय व्यबस्थापन समितीका अध्यक्ष गोकुल भट्टराईले हालसम्म विद्यालयलाई कुनै पनि संस्थाले सहयोग नगरेको भन्दै लियोको सहयोग प्रति धन्यवाद दिनुका साथै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष विपिन वाग्लले भन्नुभयो – “आफुहरुले हस्तानतरण गरेको सेतोपाटीको अधिकतम प्रयोग होस ।” उहाँले आफुहरुको संस्था सकारात्मक सोच हुनेहरुको संस्था भएको दाबी गर्नुभयो ।
बि.स. २०१९ सालमा स्थापित सो विद्यालयमा हाल २३ जना विद्यार्थी अध्ययन गर्दै आईरहेका छन् ।
लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव अशोक थापाले गर्नुभएको थियो ।
Loading...
Loading...


0 comments:
Post a Comment