Ads

Sunday, December 4, 2016

शुक्लागण्डकी एफएमद्धारा सञ्चालित रेडियो प्रस्तोता तालिम सम्पन्न

Posted By: Samsung - 6:00 AM
Loading...

Loading...


मंसिर १९ , शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकीस्थित तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएमले आयोजना गरेको २१ दिने रेडियो प्रस्तोता, प्राविधिक तथा पत्रकारिता तालिम आइतवार सम्पन्न भएको छ । 

तालिमको समापन गर्दै वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङले समयसँगै प्रविधिमा पनि परिवर्तन हुदै गएको बताउदै सिकाई पनि प्रभावकारी हुदै गएको उल्लेख गर्नुभयो । उहाँले आफूलाई चासो रहेको विषयमा मात्र लाग्नुपर्नेमा जोड दिदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । गुरुङले रेडियोले पत्रकारितको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले सिकाई जिवनपर्यन्त चलिरहने बताउनुभयो । तालिमका प्रशिक्षक सञ्जय मल्लले तालिम सकिएपनि सिकाई भने शुरुवात भएको बताउनुभयो । तनहुँ मिडिया नेटवर्क प्रालिका अध्यक्ष नारायण श्रेष्ठले यस क्षेत्रको आवश्यकतालाई महसुस गरी तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले स्रोताको आवश्यकतालाई ध्यान दिई रेडियो अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सहभागिको तर्फबाट सपना नेपाली र अजय तामाङ्गले तालिमले आत्मबल थपेको बताउनुभयो । 

तालिममा सोहम सुवेदी, दिपेन्द्र श्रेष्ठ, मिना राना, सञ्जय मल्ल, राजन उपाध्याय, विमला भण्डारी, अर्जुन गौतम, तिर्थ केसी लगायतले प्रस्तोता, पत्रकारिता र प्राविधिको विषयमा सहजिकरण गर्नुभएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो । 

तनहुँ मिडिया नेटवर्क प्रालिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको सञ्चालन ज्योति कुमार श्रेष्ठ स्वागत सह–सचिव सरस्वती सिग्देल र धन्यवाद सञ्चालक सदस्य विपिन वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा रेडियोका सल्लाहाकार एकराज सिग्देलले पनि बोल्नुभएको थियो । 

गीत संगीत, मनोरञ्जनका साथै सुचना, जानकारी र समाचारको माध्यमबाट यस क्षेत्रको व्यवसाय र पर्यटन प्रवद्धनमा विकास पु¥याउने उदेश्यले रेडियो स्थापना गरिएको हो । शुक्लागण्डकी नगरपालिका–३ स्थित दुलेगौडाबाट प्रसारण हुने रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ । 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy