Ads

Saturday, December 24, 2016

हात्ती आक्रमणबाट रघुनाथको मृत्यु

Posted By: Samsung - 8:15 PM

१० पुस, सप्तरी । जंगली हात्तीको आक्रमणबाट सप्तरी भारदहका रघुनाथ खंगको मृत्यु भएको छ ।
शनिबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीले घर भत्काउन थालेपछि खंग भाग्न लागेका थिए । तर हात्तीले उनको पिछा गर्दै घरनजीकैको बारीमा कुल्चिएपछि खंगको मृत्यु भएको स्थानीय वताएका छन् ।
६५ बर्षका खंगको शवलाई पोष्मार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने हात्तीले सप्तरीको पूर्वी भेगमा आतंक मच्चाएको छ । यहाँ प्रायः दिनहूँजसो आउने हात्तीले स्थानीयहरुलाई त्रस्त बनाएका छन् ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy