Ads

Monday, November 28, 2016

परदेशीलाई रुवाउने कृष्ण प्रसादको गीत "लास आउछ बाकशमा" (भिडियो सहित)

Posted By: Samsung - 8:03 AM

Loading...

Loading...


न्यूज नेपाल २४ 

चढे जहाज फूलमाला लाएर 
साहुको रिन तिरौला आएर 
मडार्याछ बादल आकाशमा
जिउदो भए रमाई घर आउनेछु 
नभएमा लाश आउछ बाकाशमा ।
यी शब्दहरु हुन् कृष्ण प्रसाद गौतमको गीत लास आउछ बाकाशमाको अंश हुन्  । गीतको शब्द कुमार परियारले कोरेका हुन् भने कृष्ण प्रसाद गौतमले नै लय सिर्जना गरेका छन् । गीतले बैदेशिक रोजगारीमा गएकाहरुको वास्तबिक अबस्थालाई चित्रण गरेको छ ।
तनहुँको साभुङ्ग भगवतिपुर गा.वि.स.को च्याचुलमा जन्मेका गौतमले पछिल्लो क्रममा ल्याएको यो गित अहिले विदेशमा रहेका नेपालीहरुले अत्यन्तै रुचाएको पाइएको छ । गीत सामाजिक सञ्जाल युट्युबमा पनि अत्याधिक मन पराएको छ । छोटो समयमा नै गीतको भिडियोलाई १ लाख २१ ह्जार बढी दर्शकले हेरिसकेका छन् ।
गायक तथा सर्जक गौतम हाल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ट्रली अपरेटरको जागिरे हुन्।

उनले दिनहुँ विमान स्थलबाट बाकाशमा आउने नेपालीको लास देखेर नै बास्तविक र यथार्थपरक कथा गितमा समेट्न सफल भएका छन् ।
एकिन्द्र सारा शंकरले निर्देशन गरेको भिडियोमा कृष्ण प्रसाद गौतम, दुर्गा परियार, राधिका परियार र प्रकृति परियारको अभिनय रहेको छ । बासु बराले खिचेको भिडियोलाई अमर शाक्यको  सम्पादनमा तयार पारिएको हो ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy