Loading...
Loading...
न्यूजनेपाल २४
मंंसिर १३, तनहुँ । प्रतिभाशाली गायक दिपक कुँवरले आफुलाई निस्वार्थ मायामा दाईजो नचाहिने बताएका छन् । उनले लगनको महिना मंसिरलाई लक्षित गर्दै गायिका रितु थापाको सहकार्यमा बजारमा ल्याएको पञ्चेबाजाको गीत भो दाईजो चाहिदैन्मार्फत यस्तो बताएका हुन् । गीतको शब्द तथा लय सिर्जना मधुसुदन बञ्जाडेले गरेका छन् । गीतको एरेन्ज चर्चित गायक बिमलराज क्षेत्रीले गरेका हुन् ।
गीतको म्युजिक भिडियोलाई कुमार के.सी.ले निर्देशन गरेका हुन भने मिथुन खत्री र करिश्मा ढकालको अभिनय छ । भिडियो अजय रेग्मीको छायांकन र अनुप शिवाकोटीको सम्पादनमा तयार पारिएको हो । उज्याले म्युजिकले बजारमा ल्याएको गीतले निस्वार्थ मायामा दाईजो चाहिदैन् भन्ने सन्देश दिएको छ ।
म्यागदेली गायक कुँवरनेपाली लोकदोहोरी क्षेत्रमा चल्यो हावाहुरी गीत मार्फत उदाएका थिए । उनका हालसम्म कर्कलाको पानी, सञ्चै छ हैन, के गुनासो छ भो दाईजो चाहिदैन (पञ्चे बाजाको भाका) लगायतका एल्बममा आवाज दिईसकेका छन् ।
Loading...
Loading...


0 comments:
Post a Comment